mobile

पाँच किलो चरेशसहित दुई पक्राउ

By RSS on Mar 13,2018 - 16:08

महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले आज लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेशसहित पक्राउ गरेको हो । 

भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौँ भित्रिएको लागुपदार्थ होटल तथा रेष्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेश बरामद गरेको हो । 

परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । रासस

ट्याग -  चरेशसहित दुईजनालाई पक्राउ

SUGGESTED ARTICLES

img
फिलिपिन्समा भयानक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ८१ पुग्यो  

फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भयानक आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ। यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ। 


by Anu Rana | Today, 05:29 PM

img