mobile

एउटै कलेज पढ्ने १९ नेपाली विद्यार्थी विमान दुर्घटनामा   

By Anu Rana on Mar 14,2018 - 13:22

सोमबार दिउँसो युएस बंगला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो। विमानमा सवार चालक दलका चारसहित ७१ यात्रुमध्ये ४९ जनाको मृत्यु भयो भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एटिसी कार्यालयले विमानलाई दक्षिण दिशातर्फबाट रन वे ०२ मा अवतरणका लागि निर्देशन दिए पनि विमान उत्तरतर्फको २० रनवेतर्फ गएको र जसका कारण अवतरणमा समस्या हुँदा दुर्घटनामा भएको जनाएको छ। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जहाजले 'एब्नर्मल विहेवियर' देखाएपछि अरु सबै विमानलाई होल्ड गराएर अवतरणको प्रयास गरेको बताए।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमानमा बंगलादेशस्थित एक मेडिकल कलेजमा अध्ययनरत १९ नेपाली विद्यार्थी सवार रहेको जानकारी प्राप्त भएको छ । सिलेटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एन्ड हस्पिटलमा अध्ययनरत १९ नेपाली विद्यार्थी एक महिने विदा मनाउन नेपाल आउँदै गरेको कलेजका बंगलादेशी विद्यार्थी सौरभले जानकारी दिए छन । तर उनले १९ मध्ये १३ जनाको नाम मात्र आफूहरुले पत्ता लगाउन सकेको बताए छन ।

सोमबार दुर्घटना भएको युएस बंगला एयरलाइन्समा बंगलादेशमा एमबिबिएस पढ्ने एकै कलेजका १३ जना नेपाली विद्यार्थी  परेका हुन्। १३ जना मध्ये ११ जनाको मृत्यु भएको छ भने २ जनाको उपचार भइरहेको छ । कलेजका प्रिन्सिपल अबेद होस्सैनलाई उदृत गर्दै उनीहरु दुइ महिनाको कलेज छुट्टी भएपछि बिदा मनाउन नेपाल आउदै गरेको बताएको छ  ।  एमबिबिएसको अन्तिम बर्षको नतिजा आउनु अघि उनीहरु बिदामा फर्किदै गरेका थिए । 

कलेजका प्रिन्सिपल अबेद होस्सैनलाई उदृत गर्दै उनीहरु दुइ महिनाको कलेज छुट्टी भएपछि बिदा मनाउन नेपाल आउदै गरेको बताएको छ  ।  एमबिबिएसको अन्तिम बर्षको नतिजा आउनु अघि उनीहरु बिदामा फर्किदै गरेका थिए । 

मृत्यु हुनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् ।  दुर्घटनामा प्रिन्सी धामी र समिरा व्यन्जनकार घाइते भएका छन् । उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् । भने कलेजले यस घटनापछि कलेजमा तीन दिनको शोक मनाउने निर्णय गरेको पनि ढाका ट्रिब्युनले छापेको छ । 

ट्याग -  युएस बंगला एयरको विमान , एउटै कलेज पढ्ने १९ नेपाली विद्यार्थी. विमान दुर्घटना

SUGGESTED ARTICLES

img
प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याउनुभएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो । त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाज सेवा रत्न प्रदान गरिनेछ ।


by RSS | Today, 04:13 PM

img