mobile

कक्षा ११ र १२ को प्रश्नपत्र छापिदै  

By Anu Rana on Mar 14,2018 - 13:52

आगमी ११ र १२ को परीक्षा २०७५ बैशाक १४ र ३० गते बाट सुरुहुने परीक्षा  को लागि प्रश्नपत्र छापने काम सुरु भैरहेको जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरले जनाएको छ । साथै, कक्षा ११ र १२ परीक्षाहरूको परीक्षा केन्द्र राष्ट्रिय परीक्षा बोर्ड द्वारा निर्णय गरिने छ। बोर्डको बैठकले विद्यार्थीहरूको सख्या लाई मध्यनजर गरी परीक्षाकेन्द्रहरू तोक्ने निर्णय गरेको छ।

बोर्ड प्रोफेसर डा. चन्द्र मनि पौडेलको अध्यक्षता अनुसार १२ कक्षाको परीक्षा बैशाक १४ बाट राखिएको छ र कक्षा ११ को बैशाक ३० देखि रहनेछ र यसको लागि कुल १०४९ केन्द्रहरू निर्धारण गरिनेछ। नेपाल भरिमा गत वर्षको ९२९ वटा केन्द्रहरू तोकिएको थियो । 

राष्ट्रिय परीक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को बार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरइसकेको  छ । कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को परीक्षा बैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

 

कक्षा ११ र १२ को साधारण (संगीत र सस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एंव आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो ।

कक्षा ११ र १२ को बार्षिक परीक्षाको समय तालिका

कक्षा  ११ को परीक्षा बैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म

कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म

परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

ट्याग -  राष्ट्रिय परीक्षा बोर्ड , बार्षिक परीक्षाको समय तालिका

SUGGESTED ARTICLES

img
प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याउनुभएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो । त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाज सेवा रत्न प्रदान गरिनेछ ।


by RSS | Today, 04:13 PM

img