mobile

राष्ट्रियसभा अध्यक्ष आज चयन हुदै 

By R. sharma on Mar 14,2018 - 08:32

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा  हुँदैछ ।अध्यक्ष पदका लागि सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । त्यसैले उनी राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा बुधबारको बैठकबाट गर्न लागिएको हो । त्यसका लागि बुधबार दिउँसो एक बजे राष्ट्रियसभाको बैठक बोलाइएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई-दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य छन् ।यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ ।

ट्याग -  राष्ट्रिय सभा अध्यक्ष

SUGGESTED ARTICLES

img
स्वास्थ्य मन्त्री उद्घाटन

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताउनुभएको छ । सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै उहाँले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त र प्रभावकारी बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ भन्नुभयो ।


by RSS | Today, 02:37 PM

img