mobile

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण

By RSS on Mar 14,2018 - 11:38

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिनुभयो । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ । 

आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ । परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले जानकारी दिएको छ । 

त्यसैगरी, बोर्डले मंगलबारदेखि परीक्षाको प्रश्नपत्र छपाइ शुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गोप्य प्रेसमा कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ शुरु भएको बोर्डकी प्रवक्ता सत्यालले जानकारी दिनुभयो । रासस

ट्याग -  राष्ट्रिय परीक्षा बोर्ड

SUGGESTED ARTICLES

img
प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याउनुभएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो । त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाज सेवा रत्न प्रदान गरिनेछ ।


by RSS | Today, 04:13 PM

img