mobile

पुराना सवारी साधन विस्थापन गरिने

By RSS on Mar 14,2018 - 13:52

बीस वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारी नीतिअनुसार गण्डकी अञ्चलबाट एक हजार ६४६ वटा सवारी साधन विस्थापित हुने भएका छन् । 

गण्डकी यातायात व्यवस्था कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी हाते ट्र्याक्टर ४९५, भाडाका ट्याक्सी ४३३, ट्रक २३४, ठूला बस २८३, मिनिबस छ, मिनि ट्रक २७, ट्र्याक्टर सात, जिप ८७, पिकअप सात, भ्यान छ, पर्यटक बस आठ, पर्यटक मिनिबस तीन, पर्यटक जिप पाँच, पर्यटक माइक्रोबस पाँच, पर्यटक भ्यान तीन र पर्यटक कार ३५ वटा रहेका कार्यालय प्रमुख अच्युत रेग्मीले जानकारी दिनुभयो । 


सरकारले गरेको निर्णय कार्यान्वयन गर्न कार्यालय प्रतिबद्ध छ भन्दै उहाँले चैत १ गतेदेखि २० वर्ष पुगेका सार्वजनिक यातायातका साधान सडकमा नगुढ्ने जानकारी दिनुभयो । 

कार्यालय प्रमुख रेग्मीका अनुसार बीस वर्ष पुराना ट्याक्सी विस्थापित गर्दा भने सट्टामा नयाँ दर्ता गर्ने सुविधा दिइएकाले सवारी साधनका धनीबाट स्वतस्फूर्तरुपमा निवेदन आउन थालेका छन् । रासस

ट्याग -  पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारी नीति

SUGGESTED ARTICLES

img
प्रविधिमा फड्को मार्दै लमही नगरपालिका

दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । नगरका सूचना तथा जानकारी, बोलपत्र, दरभाउपत्र, पारित कानून, कार्यविधि, निर्णय, गर्ने सम्पूर्ण कार्य हेर्न सकिने गरी वेबसाइट


by RSS | Today, 11:59 AM

img