mobile

सेञ्चुरी कमर्सियल बैंक र गुरांस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

By RSS on Mar 14,2018 - 17:33

मिति २०७४/११/२८ गते सेञ्चुरी कमर्सियल बैंक र गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र गुरांस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

ट्याग -  सेञ्चुरी कमर्सियल बैंक र गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता

SUGGESTED ARTICLES

img
खतराको सूचीबाट हट्यो नेपालको वायु सेवा

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको खतराको सूचीबाट नेपालको वायु सेवाको नाम हटेको छ । सास्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको वायु सेवालाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।


by Anu Rana | Today, 02:22 PM

img