mobile

रहेनन् अव विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्ग

By Anu Rana on Mar 14,2018 - 19:45

पछिल्लो समय पृथ्वीको भविष्य र एक हजार वर्ष भित्रै मानवजाती पृथ्वीबाट लोप हुने भविष्यवाणि गरेर हलचल मच्याएका विश्वप्रख्यात् बैज्ञानिक हुन्  स्टीफन विलियम हकिङ्ग । उनले अन्तरिक्षमा ब्ल्याकहोल कन्सेप्ट  पत्ता लगएका थिए । साथै हकिङ्ग रेडियसनको विचार पनि अगाडि ल्याएका छन् । अहिलेका सबैभन्दा महान् बैज्ञानिको नाम लिँदा उनको नाम अग्रपंतिमा आउँछ ।   

विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

सन् १८७९ मा आजकै दिन अर्थात् १४ मार्चमा अर्का चर्चित वैज्ञानिक भौतिकविद अल्वर्ट आइन्सटाइनको जन्म भएको थियो । आइन्सटाइनकै जन्म दिन (१४ मार्च) पारेर हकिङको निधन भएको छ ।

हकिङगको जन्म पनि एउटा ऐतिहासिक संयोगसँग जोडिएको छ । उनी ८ जनवरी १९०८ मा जन्मिएका थिए । इटालीका चर्चित भौतिक विज्ञान शास्त्री एवं खगोलशास्त्री ग्यालिलियो ग्यालिलीको निधन पनि ८ जनवरीमै भएको थियो । ग्यालिलियोको जन्म निधन सन् १६४२ जनवरी ८ मा भएको भएको थियो । अर्थात्, उनको निधन भएको ३ सय वर्षपछि जनवरी ८ मै हकिङ जन्मिए ।

हकिङको निधनसँग अर्को पनि संयोग गाँसिएको छ । गणितमा ग्रिक शब्द पाइ ‘π’ लाई एउटा चक्रको डायमिटरको अनुपातलाई प्रतिनिधित्व गर्न प्रयोग गरिन्छ, जसको मान हुन्छ, ३ ।१४… । यसरी पाइको मानलाई अंग्रेजी महिनासँग तुलाना गर्दा ३ अर्थात् मार्च र दशमलबपछि अंक १४ तारिखमा हकिङको निधन भएको छ ।

हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयूमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए ।‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ । हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।

ट्याग -  विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्ग , अन्तरिक्षमा ब्ल्याकहोल कन्सेप्ट

SUGGESTED ARTICLES

img
नेपालमै पहिला पटक 'मेडिकल ड्रोन

सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ। नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन


by Anu Rana | Apr 01

img