mobile

सरकारी खातामा छैन रकम, ऋण लिने तयारीमा राष्ट्र बैंक

By R. sharma on Mar 15,2018 - 09:20

सरकारी खातामा रकम न्यून भएपछि राष्ट्र बैंकले महँगो ब्याजमा ऋण उठाउने तयारी गरेको छ । चैत्र १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता ७५ अर्ब निकासा गर्दैछ । सो अनुदानको निकासापछि सरकारी खातामा १९ अर्ब मात्र रहनेछ । सरकारले बुधवारसम्म खर्च गर्न सक्ने ९४ अर्ब रहेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए। स्थानीय निकायलार्इ अनुदान पठाउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलार्इ आदेश दिइसकेको छ। त्यसबाट राज्य कोषमा १९ अर्ब रूपैयाँ बाँकी रहन्छ । कोष ज्यादै न्युन भएकाले सरकाले खर्च जोह गर्न ऋण लिन लागिएको हा’ उनले भने, ‘यसका साथै चालु खर्च र परियोजनाका खर्च गर्दैनन्।’ बैकले चैत्र १ देखि २१ गतेसम्म नौ प्रतिशत ब्याजमा दुई अबै रुपैयाँको नागरिक बचतपत्र बिक्रि गर्न लागेको अन्नपूर्ण पोष्टले खबर छापेको छ ।

ट्याग -  राष्ट्र बैक

SUGGESTED ARTICLES

img
राष्ट्र बैँकको भवन निर्माण शुरु

नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ । विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ ।


by RSS | Today, 03:47 PM

img