mobile

राजनीतिक स्थायित्वलाई संमृद्धिमा रुपान्तरित गर्ने वेला आयो- उपराष्ट्रपति पुन

By R. sharma on Mar 19,2018 - 22:38

उपराष्ट्रपति नन्दबहादुर पुनले अव राजनीतिक स्थायित्व र संमृद्धि ब्यवाहारमा कार्यान्वयन हुनुपर्ने जोड दिनुभएको छ  । दोस्रो कार्यकालको पदभार ग्रहण गर्नुहुँदै उहाँले मुलुक अव अर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने जोड दिनुभएको हो । उहाँले सात दशक लामो राजनीतिक संघर्षले निष्कर्ष हाँसिल गरेको बताउनुभयो । उहाँले आगामी दशक आर्थिक समृद्धिको हुने बताउनुहुँदै आर्थिक समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

‘सात दशक लामो नेपाली जनताको राजनीतिक संघर्षले निष्कर्ष हाँसिल गरेको छ । राजनीतिक स्थायित्व सुरु भएको छ । अब समृद्धिको बाटो हो’, उहाँले भन्नुभयो, ‘देशको विकास, आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल, संघ संस्था एकताबद्ध हुनुपर्छ । आर्थिक समृद्धिका लागि योगदान दिनु सबै नेपालीको जिम्मेवारी हो ।’

उहाँले आफू निर्विरोध निर्वाचित भएकोमा खुशी व्यक्त गर्नुहुँदै राजनीतिक पार्टी र सबै तहका सांसदहरुलाई धन्यवाद दिनुभयो । ‘विगत कार्यकालको मूल्याङ्कनसहित मलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित गर्नुभएकोमा राजनीतिक पार्टी, सांसदहरुलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु’, उहाँले भन्नुभयो ।

उपराष्ट्रपतिले आफ्नो आगामी कार्यकाल र जीवन देश र जनताका लागि हुने बताउनुभयो । ‘मेरो आगामी कार्यकाल मात्रै होइन, मेरो आगामी जीवन देश र जनताकै लागि हुनेछ’, उहाँले भन्नुभयो, ‘संविधानको संरक्षण तथा पालना, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकताको सुदृढीका लागि हुनेछ ।’उहाँले विगतको कार्यकालमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहणपछि उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर पदभार ग्रहण गर्नुभएको हो । उपराष्ट्रपति पासाङलाई उपराष्ट्रपतिको कार्यालयका सचिव लालशंकर घिमिरेले स्वागत गर्नुभएको थियो । उहाँ यसअघि नयाँ संविधान जारी भएपछि २०७२ कात्तिक १५ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

ट्याग -  उपराष्ठ्रपति

SUGGESTED ARTICLES

img
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराउनुभयो । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी


by RSS | Apr 15

img