mobile

मन्त्री अधिकारीको आग्रहपछि अबरुद्ध आयात निर्यात सुरु

By R. sharma on Mar 19,2018 - 22:51

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयात निर्यात कार्य सोमबारदेखि पुनः शुरु भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग नेपाल चेम्वर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले भेटवार्ता गरी प्रबन्ध शुल्क तिरेर आयात निर्यात गर्न आफूहरु तयार रहेको बताएको हो ।

मन्त्री अधिकारीको आग्रहबमोजिम व्यावसायीले कानुनबमोजिम प्रबन्ध शुल्क तिर्ने र सहज रुपमा आयात निर्यात गर्ने बताएका हुन् । चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बर कार्य समिति सदस्य एवं भन्सार सभापति निरज राई, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे, नेपाल भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष विष्णुमणि खनाललगायतको प्रतिनिमण्डलसँग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास दिलाउनुभयो ।यसअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित हवाई कार्गोको प्रबन्ध शुल्क वृद्धि गरिएकामा व्यवसायीले विरोध गर्दै आएका थिए ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले यही चैत १ गतेदेखि लागू हुने गरी प्रबन्ध शुल्क वृद्धि गरेको थियो । शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा समेत दूरगामी नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाई गम्भीर असर पर्ने व्यवसायीको भनाइ रहेको चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजिमयले जानकारी दिनुभयो ।

ट्याग -  राविन्द्र अधिकारी

SUGGESTED ARTICLES

img
गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ ।


by RSS | Today, 01:05 PM

img