mobile

संरचना बनाएर अघि बढे ओडीआई स्टाटस कायम राख्न सक्छौं -पारस

By R. sharma on Mar 19,2018 - 23:13

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले संरचना बनाएर अघि बढे ओडीआई स्टाटस कायम राख्न सक्ने बताएका छन् । सोमबार विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्कालेनेपाली क्रिकेटलाई बलियो बनाउन योजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन। अबको आठदेखि १२ वर्षमा टेष्ट मान्यता पाउने गरी लक्ष्य बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। 'आठ वर्षदेखि १२ वर्षको बीचमा टेष्ट राष्ट्रको मान्यता पाउनुपर्छ भन्ने योजना बनाएर अघि बढ्नुपर्छ', खड्काले भने।  उनले मैदानबाहिरको नकारात्मक पक्ष त्यागेर अघि बढ्नुपर्ने पनि बताए। 'मैदानबाहिरका जे जति नराम्रा पक्ष छन्, तिनलाई सुधार गर्नुपर्छ', खड्काले भने।  कप्तान खड्काले क्रिकेटमा खेलाडीले आफ्नो जिम्मेवारी निभाएको बताउँदै क्रिकेट संघ र सरकारलाई पनि जिम्मेवारी निभाउन आग्रह गर्दै भने  नेपाली क्रिकेट खेलाडीहरुले यस पटक मात्र होइन, धेरै पटक आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् । तर, सरकार र आफूलाई क्रिकेटका स्टेक होल्डर भन्नेहरुले आफ्नो जिम्मेवारी पूरा नगर्दा पाएको सफलता जोगाउन सकिएको छैन ।

विश्वकप छनोटको यो यात्राले नेपाललाई फेरि एक पटक मौका दिएको छ । सुपर सिक्समा नपुगे पनि नेपालले अबको चार वर्षका लागि एकदिवसीय मान्यता पाएको छ ।चार वर्षमा घरेलु क्रिकेटको राम्रो जग बसाल्नु सक्ने हो भने अगाडिको यात्रा सहज हुने पारसको भनाइ छ । यसका लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनु उनको जोड छ । तर नेपाल क्रिकेट संघ भने लामो समयदेखि निलम्बनमा छ ।नेपाली टोलीका कप्तान पारस एकदिवसीय मान्यता पाएको क्षणलाई टी-२० विश्पकपमा छनोट हुँदाको खुसीसँग तुलना गर्दै उनी भन्छन्, ‘धेरै वर्षदेखिको सपना थियो, जुन पुरा भएको छ । यो भन्दाखुसीको क्षण केही छैन ।’तर, नेपाली टोलीका एउटा सपना पुरा भएसँगै अर्को सपना देख्न थालेको छ, त्यो हो ५० ओभरको विश्वकप छ ।’

ट्याग -  क्रिकेट

SUGGESTED ARTICLES

img
ओलम्पिक छनोट–नेपाल र म्यान्माको खेल बराबरीमा टुङ्गियो

महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान्मासँग १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको हो । यस खेलसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायम नै रहेको छ ।


by RSS | Nov 12

img