mobile

बालकृष्ण खाण नेपाली काँग्रेसको मुख्य सचेतक

By R. sharma on Mar 20,2018 - 22:28

नेपाली काँग्रेसले बालकृष्ण खाणलाई संसदीय दलको मुख्य सचेतक ताेकेकाे छ ।पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ । 

विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो । विसं २०५६ देखि पार्टीको केन्द्रीय सदस्य रहनुभएका खाणसँग तीन पटक विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उहाँले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

संघीय संसद्मा प्रमुख प्रतिपक्षमा रहेको काँग्रेसले सरकारसँग सहकार्य गरेर दलको भूमिकालाई सशक्त तुल्याउनु पर्ने कार्य उहाँका लागि निकै चुनौती र अवसरका रुपमा रहेको छ । मुख्य सचेतकमा मनोनयन हुनुभएपछि रासससँग कुराकानी गर्दै उहाँले काँग्रेसले संघीय संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो । 

मुख्य सचेतक खाणले भन्नुभयो, “बहुलबादमा आधारित शासन व्यवस्थाको रक्षार्थ काँग्रेस सशक्त पहरेदारको भूमिकामा रहनेछ, सरकारको राम्रो कामको समर्थन गर्ने छ, तर राष्ट्रहित र जनताका अधिकार कुण्ठित गर्ने प्रयास भएमा प्रखररुपमा उत्रने छ ।” 

नेपाली जनताको लामो संघर्ष र चाहनाअनुरुप संविधानसभाबाट जारी भएको नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएका विषयवस्तु तथा मूल्यमान्यताको रक्षाका लागि आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यलाई आगामी दिनमा पार्टीले प्रभावकारी ढंगबाट अघि बढाउने उहाँले बताउनुभयो । 

ट्याग -  नेपाली कांग्रेस , निर्वाचन

SUGGESTED ARTICLES

img
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराउनुभयो । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी


by RSS | Apr 15

img