mobile

क्यामब्रिज एनालिटिका कम्पनीको गोपनीयता कान्डको सन्दर्भमा जकरबर्गद्वारा गलती स्वीकार

By Anu Rana on Mar 23,2018 - 14:04

करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको आशंका गरिएको छ । यो खबर सार्वजनिक भएलगत्तै सामाजिक सन्जाल फेसबुकको शेयरमा तीव्र गिरावट आएको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको निजी जानकारी चोरेको आरोप सार्वजनिक भएको हो ।न्यूयोर्क स्टक एक्सचेन्जमा यस खबरको ठूलो असर पर्‍यो र फेसबुकको शेयर कारोबारमा करिब आठ प्रतिशतले गिरावट आयो । यद्यपि केही सम्हालिँ दै सात प्रतिशतले गिरावटसहित शेयर कारोबार बन्द भयो ।

फेसबुकले यी आरोपको व्यापक अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ । अनुसन्धानका लागि क्याम्ब्रिज एनालिटिकललाई निलम्वन गरिएको छ । अमेरिका र कयौं युरोपीय देशका सरकारले यस खबरप्रति गम्भीर सवाल उठाएका छन् । ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेका प्रवक्ताले यस आरोपलाई निकै गम्भीर भनेका छन् । उनले भनेका छन्, ‘यो फेसबुक प्रयोगकर्तालाई उनीहरुका निजी जानकारी सुरक्षित रहने र त्यसको प्रयोग उचित तरिकाले हुनेछ भन्ने पक्का भरोसा हुनुपर्दछ ।’

अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गरेको छ र फेसबुकलाई उचित कदम चाल्न पनि आग्रह गरे लगातै सम्पुर्ण घटनाको जिम्मेवारीफेसबुक संस्थापक मार्क जुगरबर्गले लिएका छन् । र फेसबुक संस्थापक मार्क जुगरबर्गले आफ्नो कम्पनिबाट गल्ती भएको पनि स्वीकार गरेका छन् । उनले फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य डाटा चोरी भएको भन्दै गल्ती स्वीकार गरेका हुन् ।

फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार

फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका छन्। राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ।

 

केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू संकलन गरेको र ती मध्ये धेरैले आफ्ना विवरण दिन सहमति नजनाएको बताइएको छ। केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्याउन प्रयोग गरेको थियो। यो प्रकरणपछि फेसबुकका संस्थापक जकरबर्गले आफ्नो कम्पनीले गल्ती गरेको स्वीकारेका छन्।

उनले यो प्रकरणपछि अब तेस्रो पक्षले एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिनसक्ने कुरामा कडाइ को साथ अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्। प्रयोगकर्ताहरूको विवरणको संरक्षण गर्ने जिम्मा आफ्नो भएको स्वीकार्दै फेसबुकमा भएका कुनै पनि गल्तीका लागि आफू जिम्मेवार भएको उनले बताए। जकरवर्गले एप बनाउने एलेक्जेण्डर कोगन, केम्ब्रिज एनालिटिका र फेसबुकबीच जे भएको थियो त्यो विश्वासघात सरह भएको पनि बताए।

 फेसबुकमार्फत सूचना लिँदा जे गल्ती भयो त्यस्ता घटना फेरि नहोउन् भन्नका लागि भविष्यमा केही कडा व्यवस्थाहरू गरिने उनले बताएका छन्।

अवैध रूपमा फेसबुक तथ्याङ्क लिएको आरोप

यस अघि अमेरिकाको म्याशाच्युसेट्स राज्यका उच्च कानून अधिकारीले राष्ट्रपति ट्रम्पको चुनावी अभियानका लागि काम गरेको एउटा फर्मले फेसबुक प्रयोगकर्ताहरूको निजी सूचनाहरू संकलन गरेको भन्ने विवरणबारे उनको कार्यालयले छानबिन गर्ने बताएकी थिइन्  । केम्ब्रिज एनालिटिका नामक फर्मका पूर्व कर्मचारीले करिब पाँच करोड फेसबुक खाताहरूमा पहुँच कायम गरिएको बताए।

म्याशाच्युसेट्सकी महान्यायाधिवक्ता मोरा हेलीले अमेरिकी नागरिकहरूले जवाफ सुन्न पाउनुपर्ने बताइन्। फेसबुकले केम्ब्रिज एनालिटिकालाई निलम्बन गरिदिएको छ। तर दुईवटै कम्पनीले गलत नगरेको बताएका छन्।

ब्रिटेनको द अब्जरभर र अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले प्रयोगकर्ताका जानकारी विनै पाँच करोड फेसबुक खाताहरूमा पहुँच कायम गरी त्यहाँका विस्तृत विवरणहरू प्रयोगमा ल्याइएको जनाउँदै खोजमुलक समाचार प्रकाशन गरेका थिए। फेसबुकले केम्ब्रिज एनालिटिकालाई शुक्रवारबाटै निलम्बन गरेको छ।

केम्ब्रिज एनालिटिकाले हालै एउटा ब्रिटिश टेलिभिजनबाट गोप्य ढङ्गले रेकर्ड गरिएका प्रतिक्रियाहरूले आफ्नो मान्यतालाई प्रतिबिम्बित नगरेको जनाएको छ। ब्रिटेनको च्यानल फोर टेलिभिजनले गोप्य रूपमा निक्सको भनाइ रेकर्ड गरेको थियो। जसमा उनले केम्ब्रिज एनालिटिकाले राजनीतिज्ञहरूलाई अनलाइनमा कसरी अपजस दिन सक्छ भन्नेबारे उल्लेख गरेका छन्।

उनले उक्त कम्पनीले चलाएको लक्षित अभियानका कारण डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनाव झिनो मत अन्तरले जितेको समेत बताएका छन्। अरू कार्यकारीहरूले ट्रम्पको चुनावी अभियान र बाह्य समूहहरूबीच भएको समन्वयबारे गरिरहेको कुराकानी पनि गोप्य रूपमा रेकर्ड गरिएको थियो जुन काम सम्भावित गैरकानूनी गतिविधि भएको बताइएको छ। सहमति विनै पाँच करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गरेको केम्ब्रिज एनालिटिकामाथि आरोप लगाइएको छ।

ट्याग -  डाटा चोरी भएको आशंका , केम्ब्रिज एनालिटिका

SUGGESTED ARTICLES

img
सामुदायिक विद्यालयलाई कम्प्युटर

हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ । गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा कायक्रमअन्तर्गत गाउँपालिकाको सीता मावि, छिप्रा र मालिका मावि, लालीलाई कम्प्युटर वितरण गरिएको गुडनेभर्स इन्टरनेशनल हुम्लाका संयोजक मनकुमार राईले बताउनुभयो ।


by RSS | Today, 02:15 PM

img