mobile

आईपीएलमा ‘सन्दिप’ एक नम्बर जर्सी लगाएर खेल्ने

By Anu Rana on Mar 23,2018 - 14:05

सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा  ओलीद्धरा जर्सी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको हो । बिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजिनिक गरेका हुन् । सन्दिपलाई दिल्लीले १ नम्बरको जर्सी दिएको छ । 

राष्ट्रिय टोलीबाट २५ नम्बरको जर्सी लगाउने सन्दिपले दिल्लीमा पनि त्यही जर्सी लगाउन चाहेका थिए । तर, दक्षिण अफ्रिकाका कागिसो रावाडाले लगाइराखेको हुनाले उनले त्यो जर्सी पाएनन् । त्यसपछि उनले १ नम्बर रोजेका हुन् ।

१ नम्बर रोज्नुको कारण खुलाउँदै सन्दिपले भने, “खासमा २५ नम्बर मेरो भाञ्जीको बर्थ डे हो, र त्यो नपाएपछि भाञ्जीको जन्म महिनाको रुपमा १ नम्बर रोजेँ ।”

 सन्दिप आईपीएल खेल्ने एशोसियन राष्ट्रका एकमात्र खेलाडी हुन् । नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा १ नम्बरको जर्सी लगाउने भएका छन् । लेग स्पिन्नर सन्दिपले दिल्ली डेयरडेभिल्सबाट यो सिजनको आईपीएल क्रिकेट खेल्दैछन् ।

गत माघमा भएको अक्सनमा सन्दिपलाई दिल्लीले किनेको थियो । सन्दिपलाई दिल्लीले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा किनेको छ । दिल्लीमा अनुबन्ध भएसँगै सन्दिप नेपालबाट आईपीएल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

आईपीएलको यो संस्करण अप्रिल ७ देखि मे २७ सम्म हुँदैछ । यो पटक दिल्लीसहित ८ टोलीले सहभागिता जनाएका छन् । सन्दिपको जर्सी सार्वजनिक गर्न दिल्लीका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवा, सुनील भाल्सनसहितको टोली नेपाल आएको थियो ।

भर्खरैमात्र जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगिता खेलेर नेपाल आएका सन्दिप आईपीएल खेल्न अर्को साता मंगलबार नयाँदिल्ली जाँदैछन्। दिल्ली डेयरडेभिल्सलेआईपीएलको अक्सनमा  सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । आईपीएल जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्ने कार्यक्रम तय भएको तर अन्तिममा कार्यक्रम परिवर्तन भएको थाहा भएको छ

ट्याग -  विश्वकप छनोट प्रतियोगिता , एक नम्बर जर्सी , सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग

SUGGESTED ARTICLES

img
आइ पी अल मा सन्दिप को प्रदर्शन राम्रो भन्छन कोच

पूर्व अस्ट्रेलियन कप्तान र दिल्ली डेभिडविल्स कोच रिकी पन्टिंगले शुक्रबार राति पनी सन्दिप लामिछानेले यस सत्रको लागि भारतीय प्रिमियर लिग (आईपीएल) मा भाग लिए पछि राम्रो सुधार गरेका छन्।


by Anu Rana | Apr 06

img