mobile

अलैंची विकास बोर्ड स्थापना गर्ने कृषिमन्त्री खनालको प्रतिबद्धता  

By Anu Rana on Mar 23,2018 - 19:56

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैंची विकास बोर्ड स्थापना गर्न पहल लिने बताउनुभएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अलैँची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैँची विकास बोर्ड स्थापना गर्ने जरुरता बताएका छन्।

राजधानीमा अलैचीको विकासका लागि स्वायत्त निकाय (अलैचीविकास बोर्ड) स्थापनाका सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री खनालले अलैची विकास बोर्ड स्थापनाका निम्ति मस्यौदा बनिसकेकाले त्यसलाई मन्त्रिपरिषद्मा लैजान पहल गर्ने बताएका हुन् । ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लैजानपहल गर्छु’ मन्त्री खनालले भने ।

यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउँदै मन्त्री खनालले अलैची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिए ।

नेपालमा अहिलेसम्म अलैंची विकास बोर्ड नभएको भन्दै ‘विश्व परिदृश्य वकालत मन्च’ले पहल कदमी अगाडि बढाएको हो । इन्टरनेसल लेबर अर्गनाइजेसनको सहायतामा नेपालमा सक्रिय रहेको विश्व परिदृश्य वकालत मन्चले बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै अलैंची खेतीको संरक्षण, संवद्र्धन तथा विकासका निम्ति अलैंची विकास बोर्डको अवश्यकता रहेको भन्दै बोर्डको स्थापना गर्नमा सक्रियता देखाएको हो ।

अलैची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउँदै उनले भने , ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’ सम्बोधका क्रममा उनले उत्पादित वस्तुमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेकाले अध्ययन गरेर विषादीलाई नियन्त्रण गर्ने उपायहरुको अवलम्बन गर्ने बताए ।

यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउँदै मन्त्री खनालले अलैची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनु पर्नेमा जोड दिनुभयो ।

 अलैची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउँदै उहाँले भन्नुभयो, ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेतीकहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’

ट्याग -  अलैंची विकास बोर्ड , अलैची खेतीको गुणात्मक उत्पादन , सहकारीमन्त्री चक्रपाणि खनाल

SUGGESTED ARTICLES

img
बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागिको


by RSS | Today, 12:23 PM

img