mobile

नेपाल रेडक्रसलाई रु ८० लाख सहयोग

By RSS on Mar 28,2018 - 17:19

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति(आइसीआरसी)ले करीव रु ८० लाख सहयोग गर्ने भएको छ । 

रेडक्रसका आधाभूत सिद्धान्त, पारिवारिक सम्पर्कको पुनःस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धिजस्ता गतिविधि सञ्चालनमा नेपाल रेडक्रसले सो रकम खर्च गर्ने छ । 

आइसीआरसीका नेपाल प्रतिनिधि आन्द्रे पाकेट र नेरेसोका महामन्त्री देवरत्न धाख्वाले सो सहयोग सम्झौतामा आज हस्ताक्षर गर्नुभयो । नेरेसोका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, कामु निर्देशक इन्द्रबहादुर केसी आइसीआरसीका सञ्चार विभाग प्रमुख कृष्ण चालिलेलगायतको सहभागिता थियो । 

आइसीआरसीका प्रमुख पाकेटले मानवीय सेवामा अनवरत रुपमा लागिरेको रेडक्रस अभियानलाई निरन्तर सहयोग जारी रहने जानकारी दिनुभयो भने महामन्त्री धाख्वाले पारिवारिक सम्पर्कको पुनःस्थापना र संगठन सुदृढीकरणमा क्षमता अधिवृद्धिका लागि सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । रासस

ट्याग -  रु ८० लाख सहयोग

SUGGESTED ARTICLES

img
माडी पुल निर्माण

पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ । सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको एसियाटिक राज जेवी कन्ट्रक्सनले गत असार ३१ गते रु तीन करोड ५१ लाखमा निर्माण गर्ने संझौता गरेको छ । विसं ०६५ मा सडक विभागमा खोलिएको ठेक्कामा काठमाडाँैको लामा÷एडी÷धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माणको


by RSS | Aug 17

img