mobile

नन स्तिकी प्यान चलाउदा ध्यान दिनुपर्ने पांच कुरा

By Anu Rana on Mar 30,2018 - 20:15

गृहणी महिलाको लागी भान्सामा काम गर्नु  त्यति सजिलो त हुदैन, तर हामी महिलाहरुको एक महत्वपुर्ण काम पनि हो भान्सामा खाना पकाउनु  वालवच्चाको हेरचाहको साथै आफनो  पतिदेवको  मुहारमा  खुशि  ल्याउनु, हामी महिलालाई मात्र थाहा हुन्छ कि भान्सामा के छ, के  छैन  भनेर, र अर्को कुरा हरेक खानेकुरा  कसरी  पकाउने , के मा पकाउने, पकाउने साम्रगीको कसरी सुरक्षा गर्ने भन्ने वारेमा पुरुष भन्दा पनि महिलालाई भढी थाहा हुन्छ । तर कति कुरा हामीलाई थाहा हुदा हुदै पनि हामी वाट गल्ती हुन पुग्दछ ।

हामीले किचनमा प्रयोग गर्ने सामाग्री मध्य यो आजभोली चालनचलतिमा आएको छ त्यो हो प्यान, यो प्यानमा हामी माछा, मासु, अण्डा देखि लिएर धेरै खानेकुरा तारने गर्छौ । तर हामीलाई थाहा हुदैन की यो प्यान को महत्वको वारेमा हामी हाम्रो भान्सामा जे छ त्यसले नै चलाउने गर्छौ , तर हामीले यसो गर्दा हाम्रै नोक्सान भइरहेको हुुन्छ ।

प्यान वा तावा भनेको यस्तो सामग्री हो, जहा हामी आफनो स्वाद अनुसार परिकार वनाएर खान सक्दछौ । र यसको हेरचाह पनि त्यतिनै जोखिम हुन्छ ।

हो यस्तो नोक्सान नहोस भन्नको लागी यी पाँच कुुरामा ध्यान दिनु पर्दछ

१. कुनै पनि तिखो धातु वा वस्तुको प्रयोग नगर्ने

 प्यानको सुरक्षित गर्नको लागी वा लामो समय सम्मको लागी टिकाउन छ भने त्यस प्यानमा माछा, मासु, अण्डा वा अरु जुन सुकै खाध्य सामग्री पकाउदा तिखो धातुको पोन्यू, चम्चा, डारु प्रयोग नगर्ने । किनकी त्यो तिखो धातुले त्यो प्यानमा क्षेती पुयाउदछ । छिटै खराब हन्छ । त्यसको साटोम वरु प्लास्टिक, काठको वा बाँसको पून्यू प्रयोग गर्ने ।

 २. Nonstick  स्प्रे प्रयोग  नगर्ने

यो तपालइले वुझनु पर्ने हुन्छ की गैरस्टिक खाना पकाने स्प्रे सहायकहरू भन्दा बढी हानिकारक हुन्छ । यो निरन्तर प्रयोगले तपाईंको खाना र ननस्टिक सतह बीचको अवरोध सिर्जना गर्दछ, वास्तवमा  nonstick  बाट तपाईंको cookware  मा खरावी प¥याउदछ। यो खाना पकाउने स्प्रेको प्रयोगले तपाईलाई चिपचिप हुनको साथै तपाई समस्या पनि देखा पर्दछ । त्यसैले तपाई त्यो खाना पकाउने स्प्रेको सटामा पकाउने तेल नै प्रयोग गनु भयो भने अतिनै उपयोगी हुन्छ ।

३. सर सफाईमा कडा खालको उपकरण प्रयोग नगर्ने

तपाईले फोहर भाडावर्तन सफा गर्दा कडा खालको स्टिल झुस प्रयोग नगर्न एकदम नरम खालको प्याड वा ब्रश को प्रयोग गर्ने । कडापनले गर्दा भाडाव्रतन रगेटिनुको साथै छिटै खिइएर पातलोपना हुन जान्छ । त्यसैले वजारमा आएको नरम प्रकारको व्रश लगायत प्याडको प्रयोग गर्न सक्नु हुनेछ ।

४. उच्च तापक्रममा नपाकाउने

हामीले खाना पकाउदा ध्यान दिनुपर्ने अर्को कुरा हो तापक्रम किनकी हामीलाई यो थाहा हुन आवश्यक छ कि हामी के पकाउदै छौ भनेर जान्न आवश्यक छ , माछा , मासु अण्डा तारदा जहिले पनि हामीले मिडियम वा हल्का तापक्रममा पकाउनु पर्दछ , यदि तापक्रम वढी भएमा माछा, मासु, अण्डा डरने वा स्वाद नै विग्रने हुदा हामीले जहिले पनि मिडियम तापक्रम मानै पाकाउनु पर्दछ ।

५. फोहर भाडाकुडा नथुपार्ने

 हामीमा एउटा वानी यती खराव हुन्छ कि फोहेर भाडाकुडा राख्ने वानी त्यस वानीले हामीलाई अतिनै खराव त गर्छ नै तर त्यो भाडाकुुडा पछि माझदा चिपचिपाउदो र धेरै समय लाग्न सक्छ । त्यसैले खाना खाइसके पछि सरसफाई गरीहाल्नु पर्दछ । यो नै हामी गृहणी महिलाको एउटा असल स्भाव भनौ कि असर गुण ।

 

ट्याग -  यी पाँच कुुरामा ध्यान दिनु पर्दछ , उच्च तापक्रममा नपाकाउने

LATEST NEWS

SUGGESTED ARTICLES

img