mobile

यूट्युब मुख्यालयमा गोली प्रहार

By R. sharma on Apr 04,2018 - 10:19

अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा गोली चलेको छ । गोली चल्दा तीन जना घाइते भएका छन् । एक महिला बन्दुकधारीले गोली चलाएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गोली चलाएपछि उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारीहरु काम गर्दछन् ।

ट्याग -  युटुव

SUGGESTED ARTICLES

img
नेपाल मेडिकल एण्ड ल्याब एक्सपो –२०१८ हुँदै

यही आउँदो डिसेम्बर १४ देखि १६ सम्म भृकुटि मण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याव एक्सपो २०१८ आयोजना हुने भएको छ ।


by Anu Rana | Dec 10

img