mobile

धनी र गरीबबीच दूरी नबढ्ने विकासको मोडल आवश्यक: प्रचण्ड

By R. sharma on Apr 05,2018 - 22:20

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक समृद्धिको लागि धनी र गरीबबीच दूरी नबढ्ने गरी विकासको मोडल तय गर्नुपर्ने बताउनुभएको छ । 

दोस्रो सहकारी महासम्मेलनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी आर्थिक विकासको मोडल तय गर्नुपर्ने उल्लेख गर्नुभयो । 

“अब राज्य कतातिर जाने हो, हाम्रो विकासको बाटो कस्तो हुने हो भनेर हामीले राजनीतिक रुपले संविधानतः स्पष्ट पारेका छौँ अब हामी जाने समाजवादको बाटो हो,”–उहाँले भन्नुभयो । 

अध्यक्ष प्रचण्डले सहकारी आन्दोलन राज्यलाई एकताको सूत्रमा बाँध्ने आन्दोलन भएको बताउँदै यसले समाजका विपन्न वर्ग र समुदायलाई समृद्ध पार्ने बाटोको खोजी गर्छ भन्नुभयो । उहाँले नेपाल सुशासन, स्थिरता र विकासको महाअभियानको प्रारम्भिक चरणमा रहेकाले अब विकासको नयाँ मोडलमा प्रवेश गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

ट्याग -  प्रचण्ड

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img