mobile

ब्रोडकाष्टर्स एशोसिएसन अफ नेपाल बानमा नयाँ नेतृत्व

By R. sharma on Apr 08,2018 - 09:11

निजी रेडियो सञ्चालकको छाता संगठन ब्रोडकाष्टर्स एशोसिएसन अफ नेपाल (बान) ले नयााँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्र न्यौपाने चुनिनु भएको छ । काठमाडौंमा भएको अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई बानको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।यस्तै, उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा दुर्गा अधिकारी, उप–महासचिवमा गोविन्द कुशियारी सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नविन राई सर्वसम्मत चयन हुनुभएको छ ।

 प्रदेश नम्बर १ को संयोजकमा सन्देशदास श्रेष्ठ र उप–संयोजकमा गिरीराज भट्टरार्ई ,प्रदेश नम्बर २ को संयोजकमा आरसी यादव ३ को संयोजक विपिन ढुंगाना, प्रदेश नम्बर ४ को संयोजक किरण लोहनी, प्रदेश ५ को संयोजक माधव नेपाल सर्वसम्मत चयन हुनुभएको हो ।प्रदेश नम्बर ७ को संयोजकमा भने ज्ञानेन्द्र महतारा विजयी हुनुभएको छ । उहाँले १४ मत पाउनुभयो । सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर ७ को संयोजकका लागि भने चुनाव भएको थियो ।

 

 

ट्याग -  रेडियो

SUGGESTED ARTICLES

img
११७ वर्षको उमेरमा विश्वको सवै भन्दा जेष्ठ नागरिकको निधन   

विश्वभरीका जिवित मानिसहरु मध्ये सवैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिबार  शनिबार बेलुका झण्डै ८ बजेतिर अस्पतालमा निधन भएको  हो निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई गएको जनावरीदेखि अस्पतालमा भर्ना गरिएको थियो ।


by Anu Rana | Apr 22

img