mobile

मेलम्चीको सुरुङ खनेर सकियो, दशैंसम्म पानी खान पाइने  

By Anu Rana on Apr 11,2018 - 09:10

काठमाडौं उपत्यकाको तिर्खा मेटाउने लक्ष्यले अघि बढाइएको मेलम्ची खानेपानी आयोजना को काम अब चडै नै सकिने खानेपानी मन्त्री बिना मगरले बताउनु भ्एको छ ।  बिना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’चैत २९ गते हुने बताएकी छन् । सरकारले आगामी असोजसम्म काठमाडौं उपत्यकाबासीको घरघरमा मेलम्चीको खानेपानी पुर्‍याउने प्रतिबद्धता गर्दै आएको छ । आब काठमाडौं बासिको सपना पुरा हुने दिन आएको बताउनुहुन्छ खानेपनी मन्त्री बिना मगर ले ।

तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा चुनाव प्रचारका क्रममा मेलम्चीको पानी राजधानी ल्याउने उद्घोष गरेका थिए । उनी २०५६ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको हो । भट्टराईको निधन भएको ७ वर्षपछि बल्ल सुरुङ खन्ने काम सकिने भएको हो । सुन्दरीजल–सिन्धु र ग्यालथुम–अम्बाथान खण्ड यसअघि नै पूरा भइसकेको छ ।

निर्माण सुरु गरेको ७ वर्षमा सुरुङ खन्ने काम पूरा हुन लागेको आयोजक का निर्देशक रामचन्द्र देवकोटाले बताएका छन्। उनले त्यस औपचारिक घोषणा २९ गते मेलम्चीमै गरिने जानकारी पनि दिएका छन  । ‘सुरुङ खन्ने काम प्राविधिक रूपमा पूरा भ इसकेको पनि बताउनु भ्एको बताउदै उनले भने, ‘बाँकी ८ मिटर सुरुङ  मंगलबारसम्ममा छिचोलिन्छ ।’ अबको ४ महिनाभित्र उपत्यकामा पानी ल्याउने प्रतिबदता पनि उनले गरे । ‘मुख्य काम सुरुङ खन्ने हो, त्यो सकियो, ढलान पनि सुरु गरिसकेका छौं,’ देवकोटाले भने, ‘ठेकेदारले तीव्र काम गरे उपत्यकामा पानी पुग्न धेरै ढिलो हुँदैन । ग्यालथुम–सिन्धु खण्डमा कमजोर चट्टान भएकाले सुरुङ खन्न ढिलाइ भएको उनले बताए ।

तीनवटा अडिटमध्ये सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्यालथुम (८ किमि) र ग्यालथुम–अम्बाथान (९ किमि) छन् । ‘भित्री ढलानदेखि त्यसको संरचना बलियो बनाउनुपर्छ, त्यो काम पनि भइरहेको छ,’ उनले भने, ‘सुरुङ खन्नेबित्तिकै पानी आउँछ भन्ने होइन ।’ त्यसैगरी ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गा मुआब्जा तथा अन्य कानुनी प्रक्रिया पूरा गरिसकिएको उनले बताए ।

मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी ट्यांकीमार्फत उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए । १७ करोड मेलम्ची, १७ करोड याङ्ग्री र १७ करोड लार्के गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना छ । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याएको पानी वितरण गर्दै आएको छ । केयूकेएलले उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ । बर्खामा भने १७ करोड लिटरसम्म आपूर्ति हुन्छ । खानेपानी समानुपातिक वितरणका लागि ८० हजार धारा जडान भइरहेको खानेपानी आयोजना निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । जसमध्ये ४२ हजारभन्दा बढी जडान भइसकेको छ ।

पानी बाँड्न वटा पोखरी निर्माण

मेलम्चीको पानी काठमाडौं ल्याएर वितरण गर्न उपत्यकाका विभिन्न ठाउँमा ९ वटा पोखरी निर्माण थालिएको छ । अहिलेसम्म ५ वटा निर्माण भइसकेको, ३ वटाको काम भइरहेको र एउटाको ठेक्का प्रक्रिया सुरु भएको काठमाडौं उपत्यका खानेपानी लिमिमटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार आरुबारी, महांकाल, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजुमा ७ हजारदेखि साढे ९ हजार घनमिटरसम्मका पोखरी निर्माण भइरहेका छन् । यस्तै, भक्तपुरको कटुन्जे, कीर्तिपुर र ललितपुरको टिंगनीमा ३ देखि ६ हजार घनमिटर पानी अटाउने पोखरी निर्माणको चरणमा छन् ।

दशैंअघि नै काठमाडौमा मेलम्चीको पानी

यसैबिच, खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताएकी छन्। नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले निरन्तरको ‘फलोअप’ र निर्देशनले आयोजना ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताएकी हुन्।

 ‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरेँ, प्रगति विवरण लिएँ,’ उनले भनिन्। कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी पुर्‍याउन सकिने उनले बताइन्। जनताको घरदैलोमा स्वच्छ खानेपानी पुर्‍याउने प्राथमिकता सँगसँगै अन्तर्राष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने मन्त्री मगरले दाबी गरिन्।

ट्याग -  दशैंअघि नै काठमाडौमा मेलम्चीको पानी , ‘ब्रेक थ्रु’चैत २९ गते

SUGGESTED ARTICLES

img
राष्ट्र बैँकको भवन निर्माण शुरु

नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ । विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ ।


by RSS | Today, 03:47 PM

img