mobile

काठमाडौंमा पाँच बर्षपछि मोनोरेल प्रोजेक्ट 

By Anu Rana on Apr 11,2018 - 09:10

लामो समयदेखि चर्चा चलिरहेको ‘मोनोरेल’ प्रोजेक्ट  अब काठमाडौंको चक्रपथमा गुड्ने भएको छ ।  काठमाडौं महानगरपालिकाले साइमेक्स इंक कम्पनीले काठमाडौंमा मोने रेल चलाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ । उसले काठमाडौंमा मोनोरेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रारम्भिक सम्भाब्यता अध्ययनको रिपोर्ट काठमाडौं महानगरपालिकालाई गत साउन मै बुझाएको थियो ।

प्रधानमन्त्री आफैं अध्यक्ष रहेको लागनी बोर्डले पनि काठमाडौंमा ‘मेट्रो रेल’ गुडाउनेबारे अध्ययन गरिरहेकै बेला चक्रपथमा ‘मोनोरेल’ गुडाउने गरी काम अघि बढ्ने टुंगो नजिक पुगेको स्रोतको दाबी छ । चक्रपथमा मोनोरेल सञ्चालनबारे प्रधानमन्त्री कार्यालय बालुवाटारमा गत बुधबार राति १२ बजेसम्म नेपाली कन्सल्टेन्ट र निर्माण गर्न इच्छुक देखिएको मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी बीच लामो छलफल भएपछि यसले मूर्त रुप लिने भएको हो ।

प्रधानमन्त्री ओलीसँगको भेटमा पावरट्रेकमा अध्यक्ष अदनानले आफूहरुले ४ वर्षभित्रै मानोरेल सञ्चालन गरेर देखाइदिने प्रतिबद्धता जाहेर गरेका थिए । प्रधानमन्त्री नै गम्भीर देखिएको परियोजना अघि बढ्ने सम्भावना रहेको स्रोत बताउँछ । स्रोत भन्छ, ‘प्रधानमन्त्रीज्यूले समय सीमा नै तोकेर काम दिने यदि निर्धारित समयमा काम नभए टेन्डर नै टर्मिनेट हुन सक्ने समेत चेतावनी दिनुभएको छ ।’

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की क अनुसार साइमेक्सलाई पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म चल्ने मोनोरेलको डीपीआर तयार गर्न दिने निर्णय भइसकेको बताएका छन  । यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म पुग्नेछ  ।

यस अध्ययन अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ र निर्माण सक्न २ वर्ष जती लग्ने र, रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ ।

कति लामो ? कति लागत ?

नेपाली इन्जिनियरहरु सहित संलग्न अध्ययन अनुसार चक्रपथमा लगभग २९ किलोमिटर लामो मानोरेल निर्माण हुने, र डबल ट्र्याक भएको मोनोरेल ट्र्याक निर्माणको लागत ८० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

कम्पनीले तयार गरेको अध्ययन अनुसार मोनोरेलका गति बढीमा असी किलोमिटर प्रतिघन्टा हुने बताएको छ । ट्र्याकमा ८ सय मिटरदेखि साढे एक किमिको अन्तरमा रहने गरी १७ वटा स्टेसन रहने छन् ।

 उनीहरुको अध्ययन अनुसार निर्माण लागत प्रतिकिलोमिटर २ अर्बदेखि ३ अर्ब रुपियाँसम्म लाग्ने देखिएको छ ।

निर्माता कम्पनीले १५ वर्ष लगानी उठाउने लक्ष्य राखेको छ । बाँकी १५ वर्ष सञ्चालन गरेर ३० वर्ष पछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । रेलको ट्र्याक जमिनबाट १४ फिट उचाइमा रहने छ । उपत्यकामा मोनोरेलले दैनिक १ लाख ५० हजार यात्री बोक्ने आयोजना अध्ययनबाट देखिएको छ ।

 

 

ट्याग -  ‘मोनोरेल’ प्रोजेक्ट , काठमाडौंमा पाँच बर्षपछि

SUGGESTED ARTICLES

img
भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि जांच हुदै

झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । भद्रपुर र जनकपुर एयरपोर्टमा पनि रात्रिकालीन सेवा सञ्चालन हुने भएको छ । यात्रुको चापलाई दृष्टिगत गरी दुई एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ ।


by Anu Rana | Apr 22

img