mobile

काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा

By RSS on Apr 11,2018 - 13:05

 केही दिनअगाडि निधन हुनु भएका नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु आज सुनसरी खोलामा सेलाइएको छ । 

आज यहाँ एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा इनरुवा–४ मा रहेको सुनसरी खोलामा स्वर्गीय खड्काको अस्तु सेलाइएको छ । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सीताराम मेहता, पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ का प्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बालगायतका नेता तथा कार्यकर्ताले उहाँको योगदानको विषयमा चर्चा गरेका थिए । 

ट्याग -  नेपाली काँग्रेस

SUGGESTED ARTICLES

img
‘मङ्सिर अन्तिमसम्ममा पार्टी एकता’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो । इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताउनुभयो ।


by RSS | Nov 12

img