mobile

किन ब्रेेक लाग्यो माओबादी- एमाले एकता पक्रियामा ?

By R. sharma on Apr 12,2018 - 09:44

एमाले–माओवादी एकता प्रक्रियामा पुन: ‘ब्रेक’ लागेको छ। एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ–आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो। एकता प्रक्रिया सहज बनाउन दुई पार्टी सम्मिलित दुई कार्यदलले विवादित केही विषयालई थाती राख्दै मिलेका विषयसहितको प्रतिवेदन एकता संयोजन समितिमा पेस गरेका थिए। एकता प्रक्रिया टुंग्याएर मात्रै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा निस्किने भनेपछि दुवै कार्यदलले प्रतिवेदन तयार गरी चैत २० मा प्रतिवेदन बुझाएका थिए। तर, चैत २० र २२ मा बसेको एकता संयोजन समितिका दुवै बैठकमा सहमति जुटेन। अन्ततः प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता संयोजन समितिको बैठक बसेर टुंग्याउन दुवै दल सहमत भए। प्रधानमन्त्री ओली भारतबाट फर्किएपछि डाकिएको मंगलबारको बैठक बुधबार वस्ने गरि स्थगित भएको थियो।  तर बुधबार पनि अन्तिम समयमा आएर एकता समायोजन समितिको बैठक बस्न सकेन । दुवै पार्टीका शर्ष नेताको व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो।अडानमा दुवै दल तलमाथि गर्ने अवस्थामा नभएकाले सहमति जुट्ने अवस्था कम छ।

 

ट्याग -  एमाले माके एकता

SUGGESTED ARTICLES

img
बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता

“यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला ! आजलाई तपाईहरु घर जानुस्”– प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले हल गुञ्जायमान भयो । त्यसबेला रातको ९ः३० भइसकेको थियो । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी कार्ययोजनामा गत बुधबार मन्त्रालयको पाँच घण्टा लामो प्रस्तुति धैर्यपूर्वक सुनेपछि प्रधानमन्त्री


by RSS | Today, 12:07 PM

img