mobile

रारा पर्यटन बर्ष २०७५ को उद्घाटनका लागि ३९ लाख बिनियोजन 

By R. sharma on Apr 12,2018 - 09:48

कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि रु ३९ लाख बजेट विनियोजन गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि सो रकम विनियोजन गरेको हो ।

त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा मुगुको रारा तालमा बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकका कार्यसूची तय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ उद्घाटन कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक तयारीसम्बन्धी आवश्यक निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यतालिकामा मौसमका कारण आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने निर्णय गरिएकोे प्रवक्ता केसीले जानकारी दिएको राससमा खबर छ । 

 

ट्याग -  रारा कर्णाली महोत्सव

SUGGESTED ARTICLES

img
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उहाँले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताउनुभयो । 


by RSS | Today, 04:55 PM

img