mobile

पदाधिकारी मनोनीत गर्ने तयारीमा सभापति देउवा

By R. sharma on Apr 12,2018 - 10:14

कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारी मनोनीत गर्ने तयारीमा जुटेका छन् । जारी केन्द्रीय समिति बैठकबाटै उनले मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने तयारी गरेका हुन । 

 

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो । 

विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने कुनै धेरै विमति नरहेको स्रोतको दाबी छ । त्यसो त गोपालमान श्रेष्ठ पनि दाबेदार थिए, तर उनीसँग सहमति लिएर देउवाले निधिलाई रोजेका हुन् ।

तर, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणको पनि दाबी छ । खाणलाई देउवाले यसअघि नै प्रमुख सचेतक बनाए पनि स्वीकार गरेका थिएनन् । पदाधिकारीमा नअटाउने डरले उनले प्रमुख सचेतक अस्वीकार गरेका थिए । तर, पछि देउवाले समेट्ने आश्वासन दिएपछि उक्त पद स्विकारेका थिए ।

त्यसो त नातेदारसमेत रहेका कार्कीलाई महामन्त्री बनाउने आश्वासन देउवाले सभापतिमा निर्वाचित भएदेखि नै दिँदै आएका थिए । तर, सरकारको नेतृत्व गर्दा अर्थमन्त्री बनेका कार्कीले सहयोग नगरेको भन्दै देउवा चिडिएको स्नोत बताउछ ।

ट्याग -  देउवा नेपाली कांग्रेस

SUGGESTED ARTICLES

img
रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको छ भन्नुभयो । उहाँले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै


by RSS | Today, 10:40 AM

img