mobile

आलु महोत्सवमा ८० लाखको कारोवार

By RSS on Apr 12,2018 - 13:28

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ ।

महोत्सवको ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारको स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकन्छि ।

कार्यक्रममा बद्री पंगेनी, जीवन दाहाल, तारापति सुवेदी, सीता केसी, सविन गुरुङ, राजेन्द्र सापकोटा, शंकर पन्त, ज्ञानेश्वर सुवेदी, सुभद्रा श्रेष्ठ र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुति रहेको सांस्कृतिक उपसमिति संयोजक मिलन बाँस्तोलाले जानकारी दिनुभयो । महोत्सव चैत ३० गतेसम्म चल्ने छ ।

ट्याग -  आलु महोत्सव

SUGGESTED ARTICLES

img
आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको हो ।


by RSS | Today, 01:29 PM

img