mobile

प्रधानमन्त्री ओलीको भ्रमणको दौडान जारी

By Anu Rana on Apr 12,2018 - 20:16

खाना पकाउने ग्यास ढुवानी गर्ने बुलेट सञ्चालनमा भारतले एक वर्षअघि खडा गरेको अवरोध अझै हटाएको छैन । भारतीय बुलेटको सट्टा नेपाली नम्बर प्लेटका बुलेटबाट ढुवानी गर्न ग्यास उद्योगीले नयाँ बुलेट खरिद गरे पनि सञ्चालनमा भारतले व्यवधान खडा गर्दा ती उपयोगविहीन भएका छन् । व्यवसायीको अर्बौं लगानी पनि जोखिममा परेको छ।

बुलेट सञ्चालनका लागि भारतले ‘एक्स्प्लोसिभ सेफ्टी सर्टिफिकेट’ नदिँदा व्यवसायीले नेपाली बुलेट तयार भए पनि तिनबाट ढुवानी गर्न नपाएका हुन् । नेपालको सबै कानुनी प्रक्रिया पुर्‍याएर भारतीय दूतावाससमेतको सिफारिसमा अनुमति मागे पनि भारत सरकारले गत वर्ष माघदेखि सर्टिफिकेट नदिएर अड्काएर राखेको छ।

प्रधानमन्त्री केपी ओली भएपछि यो समस्या सुल्झिनेमा व्यवसायी आशावादी छन् । नेपाली बुलेटलाई रोक्नुपर्ने कानुनी आधार नभएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी बताउँछन् । ‘अहिले पनि भारतमा नेपाली नम्बरका ट्यांकर गुडिरहेका छन्,’ भण्डारीले भने, ‘पेट्रोल, डिजेल, हवाई इन्धनका गाडी गुड्न दिने ग्यासको नदिने भन्ने तर्क हुन सक्दैन । यसमा नयाँ प्रधानमन्त्रीले पहल गर्ने आशा लिएका छौं । उच्च राजनीतिक तहबाट पहल गरेर बुलेट सञ्चालनमा आउने वातावरण मिलाउनुपर्छ भने हरु ओलीको हालैको भ्रमणमा नेपाली  एलपीजी बुलेटहरूमा 'गैर-विस्फोटक प्रमाणपत्र' जारी गर्ने विषयमा मुद्दा उठाउनको लागि सरकारको असक्षमताबारे चिन्ता व्यक्त गर्नु भ्एकोमात्र होईन कि यो नेपाली जनताको निरशा बनेको छ ।

‘एक्स्प्लोसिभ’ प्रमाणीकरण भएपछिमात्र आइओसीका रिफाइनरीमा पेट्रोलियम पदार्थ र एलपिजी ग्यासको लोड दिने कानुनी प्रावधान छ । नेपालमा ग्यास ढुवानी गरिरहेका भारतीय ट्रान्सपोर्टरको दबाबमा भारतीय अधिकारीले सर्टिफिकेट नदिएका हुन् । करिब ६ सय भारतीय ग्यास बुलेटले भारतका विभिन्न रिफाइनरीबाट नेपालमा ग्यास ढुवानी गरेर वार्षिक करिब दुई अर्ब रुपैयाँभन्दा धेरै रकम भाडाबापत लैजान्छन्।

गृहलक्ष्मी, एभरेस्ट, मेची, कन्काई, पराजुली ग्यासले ५७ वटा बुलेट निर्माण गरिसकेको बताएका छन् । प्रत्येकलाई ७० लाख रुपैयाँका दरले ५७ बुलेटका लागि नेपाली व्यवसायीले करिब ४० करोड रुपैयाँ लगानी गरिसकेका छन् । ५७ बुलेट तयार भएको र अन्य बुलेट बुक गरेर निर्माण गरिरहेकाले अर्बौं रुपैयाँ लगानी फसेको संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले बताए । ‘सरकारकै निर्णयअनुसार हामीले बुलेट बनाएका हौं,’ घिमिरेले भने, ‘तर सञ्चालनमा ल्याउन नपाएपछि ग्यास उद्योगीको अर्बौं रुपैयाँ फस्यो।’

गत असारमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरेका थिए । तर स्वराजले त्यो आग्रहलाई घुमाउरो पाराले अस्वीकृत गरेकी थिइन्। त्यसपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पनि यो विषयले प्रवेश पाएको थियो । तर भारतीय विदेशमन्त्री स्वराजले विभिन्न बहानामा यसलाई पन्छाएकी थिइन्। यो राजनीतिक अन्योलका कारण पनि आफूहरु मर्कामा परेको व्यवसायीको गुनासो छ । नयाँ सरकार आएपछि यो विषय सरकारी तहबाटै सुल्झिने आशामा रहेको अध्यक्ष भण्डारीले बताएता पनि यो एउटा कथा मात्रमा सिमित हुने देखिएको छ ।

तत्कालीन संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कूटनीतिक पहल गरी बुलेट सञ्चालनको वातावरण बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो । भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि एक्स्प्लोसिभ प्रमाणपत्र दिई बुलेट सञ्चालनको वातावरण मिलाउन भारतीय पक्षको ध्यानाकर्षण पनि गराएका थिए।

 व्यवसायीले कूटनीतिक पहल गरी तुरुन्त ग्यास ढुवानीका लागि नेपाली बुलेट सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन आग्रह गर्दै आए पनि सरकारले खासै चासो नदिएको देखिन्छ । जतिसुकै नयाँ सरकार आएता पनि जनताको आखामा धुलो हाल्ने काम मात्र भ्एको देखिन्छ ।

ट्याग -  प्रधानमन्त्री ओलीको भ्रमणको दौडान जारी , ‘एक्स्प्लोसिभ सेफ्टी सर्टिफिकेट’

SUGGESTED ARTICLES

img
भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि जांच हुदै

झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । भद्रपुर र जनकपुर एयरपोर्टमा पनि रात्रिकालीन सेवा सञ्चालन हुने भएको छ । यात्रुको चापलाई दृष्टिगत गरी दुई एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ ।


by Anu Rana | Today, 04:05 PM

img