mobile

 बैशाख ९ मा पार्टी एकता सम्भावना न्यून बन्दै 

By R. sharma on Apr 13,2018 - 07:51

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता घोषणा बैशाख ९ मा हुने सम्भावना न्यून बन्दै गएको छ। नेपालमा कम्युनिस्ट पार्टी स्थापनको दिन अर्थात् अप्रिल २२ (बैशाख ९ गते) पार्टी एकता गर्ने भनिएको थियो। तर एकताको दिन नजिकँदै जाँदा पनि विवादित विषयहरू टुंगो नलाग्दा बैशाख ९ मा पार्टी एकताको सम्भावना न्यून बन्दै गएको हो।

नमिलेका विषयहरु 

आगामी पार्टीको संगठन कति रहने, पार्टीको चुनाव चिह्न के रहने र पार्टीको प्रस्तावनामा 'जनयुद्ध' रहने कि नरहने भन्ने विषयमा विवाद छ। माओवादी केन्द्रले पार्टी एकता ‘सम्मानजनक’ हुनुपर्ने बताउँदै आएको छ। उसले नयाँ बन्ने पार्टी संगठनको सबै तहमा ५०/५० प्रतिशतको आधारमा एकता हुनुपर्ने अडान राखेको छ। तर एमाले भने ५०/५० को आधारमा गर्ने मनस्थितिमा छैन। एमालेले चुनावी गठबन्धनमा जस्तै ६०/४० को आधारमा एकता गर्नुपर्ने बताउँदै आएको स्रोतको दाबी छ। यस्तै, चुनाव चिह्नका विषयमा पनि केही विवाद छ। एमालेले अब बन्ने एकीकृत पर्टीको चुनाव चिह्न सूर्य हुनुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले सूर्यभित्र हसिया-हथौडा हुनुपर्ने अडान राखेको छ। यसैगरी पार्टीको प्रस्तावनामा ‘जनयुद्ध’ राख्नुपर्ने माओवादीको माग छ तर एमाले यो विषयमा सहमत नरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार एमालेले ‘जनयुद्ध’को सट्टा जनक्रान्ति राख्न प्रस्ताव गरेको छ।

 

ट्याग -  बामगठवन्धन

SUGGESTED ARTICLES

img
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराउनुभयो । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी


by RSS | Apr 15

img