mobile

कांग्रेस महासमिति बैठक १५ जेठभित्र बस्ने

By R. sharma on Apr 13,2018 - 08:07

प्रमुख प्रतिपक्षी कांग्रेस महासमिति बैठक १५ जेठभित्र बस्ने भएको छ । तीनै तह निर्वाचनमा पार्टी पराजयपछि नेतृत्व परिवर्तनको बहस चलिरहे पनि स्थगित केन्द्रीय समितिबाट १५ जेठभित्र महासमिति बैठक गर्ने गरी मिति तय गरिदै छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थगित केन्द्रीय समिति बैठक आगामी ७ वैशाखबाट सुरु हुने र त्यसबाटै महासमिति मिति तय हुने भन्दै १५ जेठभित्रै बैठक हुने सम्भावना रहेको बताए । प्रवक्ता शर्माका अनुशार स्थगित केन्द्रीय समिति सुरु भएपछि यही बैठकबाटै महासमिति मिति तय हुन्छ, १५ जेठभित्र बैठक गर्नेगरी मिति तय हुने सम्भावना छ,’ 

निर्वाचनको पराजयमा केन्द्रीत रहन भन्दै गत ९ चैतबाट केन्द्रीय समिति बैठक बसिरहेकै बेला नेता खुमबहादुर खड्काको निधनपछि बैठक स्थगित भएको थियो । स्थगित बैठक आगामी ३ वैशाखबाट सुरु हुने भनिए पनि आमाको मुख हेर्ने दिन परेकाले ७ वैशाखबाट सुरु हुने जनाइएको छ । जारी बैठकमा हालसम्म ४४ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।

ट्याग -  नेपाली कांग्रेस , निर्वाचन

SUGGESTED ARTICLES

img
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराउनुभयो । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी


by RSS | Apr 15

img