mobile

फेसबुक बन्द हुने हल्ला मात्रै हो

By Anu Rana on Apr 13,2018 - 17:08

सरकारले  फेसबुक लगायतका सामाजिक संजालमा प्रवाह गरिएको गलत सूचनाको खण्डन गरेको छ । शुक्रवार  सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गर्दै गलत सूचनाको खण्डन गरेको हो ।  

नयाँ वर्ष २०७५ देखि नेपाल सरकारले फेसबुक बन्द गर्ने व्यहोराको सूचना तथा संचार मन्त्रालयको पत्र तपाइँलाई पनि आएको छ एदी आएको छ भने त्यसलाइ शेयर नगर्नुहोला नत्र अन्यथा जेलसमेत जानु पर्नसक्छ ।   

साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउने काम भएको भन्दै मन्त्रालयले आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

 मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिसकेकाले त्यस्तो गलत, भ्रामक सूचनामा विश्वास नगर्नुहुन र आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट त्यस्ता गलत सूचना पोष्ट गरेको भए हटाउनसमेत अनुरोध गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तो भ्रामक सूचना फैलाउने व्यक्तिविरुद्ध कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आग्रह गरिएको पनि मन्त्रालयले जनाएको छ ।

यस्तो समाचार कसैले सामाजिक सञ्जालमा पोष्ट गरेको वा सेयर गरेको भए तत्काल हटाउन मन्त्रालयले आग्रह गरेको छ । 

 

ट्याग -  फेसबुक बन्द हुने हल्ला मात्रै हो ,

SUGGESTED ARTICLES

img
सशस्त्र प्रहरी बलको गुल्म स्थापना

नुवाकोटमा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं १९ को कार्यालय स्थापना गरिएको छ । नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा विदुरमा गुल्म हेडक्वाटरको नं १९ कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनशक्ति रहने भएको छ ।


by RSS | Today, 11:23 AM

img