mobile

मेलम्ची आयोजना, सुरुङको ‘ब्रेक थ्रु’, भदौसम्ममा पानी खसालिने  

By Anu Rana on Apr 13,2018 - 20:31

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’’ भएको छ ।

आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा  गरेका छन् । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७ ।४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थ्रु’ भएको हो ।

ब्रेक थु्र भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति हुनुहुन्थ्यो ।

ब्रेक थ्रु भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति हुनुहुन्थ्यो ।  कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीबासिन्दालाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दशैँअघि नै उपलब्ध गराउने बताउनुभएकाे थियाे।

कार्यक्रममा बाेल्दै खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जतिसक्दाे छिटाे काठमाडाैंबासीलाई खानेपानी उपलब्ध गराउन अाफू क्रियाशील भएर लागेकाे बताउनुभयाे । उहाँले भन्न्भयाे, 'अब पानी प्रशाेधन गर्ने केन्द्रकाे निर्माण छिटाे गर्नुपर्ने छ ।' याे काम पनि छिटै सम्पन्न गर्ने बताउनुभयाे ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरुप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने बताउनुभयो ।

देवकोटाका अनुसार २७ .५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३ .५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ ।

सुरुङ छिचोलिएर मात्रै काठमाडौँमा पानी जाने होइन सुरुङभित्रको ढलान प्लास्टरलगायतका अन्य फिनिसिङका कार्य गर्न बाँकी रहेको छ र यसले केही समय लिन्छ ।

सुरुङमा पानी पठाउन मुख्य प्रवेशद्वार अम्बाथानमा निर्माण गर्नुपर्ने हेडबक्सको कार्य अझै बाँकी रहेको बताइएको छ ।

ट्याग -  मेलम्ची खानेपानी आयोजना , सुरुङको ‘ब्रेक थ्रु’’

SUGGESTED ARTICLES

img
बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागिको


by RSS | Today, 12:23 PM

img