mobile

मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

By RSS on Apr 15,2018 - 15:01

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
उहाँले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराउनुभयो । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी र आमाले मजदूरी गरी परिवारको गर्जो टार्दै आएकी छन् ।

राष्ट्रिय भर्ना अभियान, २०७५ को आज यहाँ शुभारम्भ गर्दै उहाँलेबेरोजगारी समस्या समाधान गर्न गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड दिनुभयो । कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले गुणस्तरीय शिक्षाका माध्यमबाट उत्पादित जनशक्तिले जीविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना हुनुपर्ने बताउनुभयो । महानगरपालिका – ७ का वडाध्यक्ष रामचन्द्र बरालले भर्ना अभियान सम्पन्न पार्न सबैको सहकार्य आवश्यक हुने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन र विद्यार्थीका सुविधालाई लक्ष्य गरी बस सेवा सञ्चालन भइसकेको बताउनुभयो ।विद्यालयका प्रअ केदारनाथ अधिकारीले भर्ना अभियानअन्तर्गत हालसम्म निजी विद्यालयबाट ६० नयाँ विद्यार्थी भर्ना भइसकेको जानकारी दिनुभयो ।

ट्याग -  दुृई बालबालिका

SUGGESTED ARTICLES

img
‘महाभूकम्पको संविधानयात्रा’ विमोचित

साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ । कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्षेत्रमा ज्यादै महत्त्वपूर्ण योगदान गर्नुभएका स्रष्टाको अन्तरमनको संवेदनशीलतालाई २०७२ को भूकम्प र त्यसपछि निर्माण भएको संविधानले उजागर गरिदिएको बताउनुभयो ।


by RSS | Apr 15

img