mobile

आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति

By RSS on Apr 16,2018 - 13:08

उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र नगदसहित रु २० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

स्थानीयवासी र प्रहरी चौकी लापत्ताबाट गएको प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएका कारण अन्य घरमा भने क्षति हुन पाएन ।

ट्याग -  आगलागी

SUGGESTED ARTICLES

img
तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

जुम्लाको तातोपानी जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले जानकारी दिनुभयो । “हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ,” स्वास्थ्य संयोजक


by RSS | Today, 10:45 AM

img