mobile

भृकुटीमन्डपमा पुष्प प्रदर्शनी मेल शुरु

By Anu Rana on Apr 17,2018 - 12:44

 पुष्प व्यवसायको विकास र विस्तारका लागि काठमाडौंमा पुष्प प्रदर्शनी सुरु भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि भृकुटीमन्डपमा फ्लोरिकल्चर एसोसिएसन नेपालले प्रदर्शनी आयोजना गरेको हो । चार दिनसम्म चल्ने मेलामा मौसमी फूल, फूलको बीउ–विजन, हरितगृह, कृषिऔजारका सामग्रीसहित फूलका ८२ कक्ष छन् । हालसम्म ४१ जिल्लामा करिब ६७८ पुष्प व्यवसाय विस्तार भइसक्दा करिब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको एसोसिएसनले जनाएको छ ।

पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ आयोजना गरिएको २१औं फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा वढिको कारोवार भएको छ । काठमाडौंको भृकुटिमण्डपमा सञ्चालित सो एक्स्पोमा करिव ३५ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

उक्त मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहका छन । त्यसैगरि, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारि दिए ।

फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रित नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको छ ।

 गत आब २०७३/७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको छ, भने करिव ४३ हजार भन्दा बढिले यस क्षेत्रवाट रोजगारी पाएका छन । गत वर्षमा मात्र १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएपनि आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको देखिन्छ ।

 

ट्याग -  फ्लोरिकल्चर एसोसिएसन , ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ , पुष्प प्रदर्शनी

SUGGESTED ARTICLES

img
जापानी कार कम्पनी निशानले डेढ लाख कार फिर्ता गर्ने

 जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको छ ।


by Anu Rana | Dec 10

img