mobile

पूर्वरजिष्ट्रारको निधनको शोकमा त्रिवि बन्द

By RSS on Apr 19,2018 - 11:54

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द हुने भएका छन् । त्रिविका पूर्वरजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको निधनको शोकमा त्रिविले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गर्न लागेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । 

क्याम्पस बन्द भएपछि पठनपाठन समेत नहुने भएको छ । तर नियमित परीक्षा भने सञ्चालन हुनेछ । पूर्व रजिष्ट्रार श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । उहाँ २०५५ फागुन १८ देखि २०५९ फागुन १७ गतेसम्म त्रिविको रजिष्ट्रार पदमा कार्यरत हुनुहुन्थ्यो । रासस

ट्याग -  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द

SUGGESTED ARTICLES

img
संस्कृत विद्यापीठमा विद्यार्थी सङख्यामा कमी

नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा तह विस्थापन गरेसँगै विद्यापीठमा विद्यार्थीको संख्या कम हुने देखिएको छ । विश्वविद्यालयले संस्कृत माध्यमिक विद्यालय, गुरुकूलजस्ता संस्थाबाट एसइई एवं पूर्वमध्यमा र भाषा प्रशिक्षण उत्तीर्ण विद्यार्थीलाई उत्तरमध्यममा अध्यापन गराउँदै आएकामा आगामी दिनदेखि उक्त कक्षा सञ्चालन नगर्ने नीति लिएको छ । उत्तरमध्यमा तहलाई विस्थापन गर्दै हाल सञ्चालित संस्कृत मावि, एवं गुरुकूलको पठनपाठन कक्षा १२ सम्म बढाउने सरकारको


by RSS | Aug 15

img