mobile

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक  

By Anu Rana on Apr 20,2018 - 16:37

नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठकमा बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको वित्तीय स्रोत व्यवस्थापन र प्रारूपबारे सहमति भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले त्यसबारे थप अध्ययन गरि तीन महिनामा विस्तृत प्रतिवेदन बुझाउने तय भएको छ ।

उक्त बैठकमा दुई देशबीच अन्य प्रशारणलाइन थप्ने, विद्युत् खरिद-विक्रीलाई सहज बनाउने र इनर्जी ब्याङ्किङको अवधारणामा भारतीय पक्षले 'सकारात्मक' भनेको नेपाली अधिकारीहरूले बताएका छन्।

मंगलवार दिल्लीमा सकिएको बैठकमा ४०० केभी क्षमताको १३० किलोमिटर लामो बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई गति दिने सहमति भएको हो ।

लामो समयससम्म यो प्रसारणलाइनको प्रारूपका विषयमा दुवै देशले फरक फरक धारण राख्दै आएका थिए । पछिल्लो सहमति अनुसार आगामी केही वर्ष नेपालले भारतबाट बिजुली ल्याउने भएकोले प्रशारण शुल्क नेपालले तिर्ने र त्यसपछिका वर्षहरूमा उक्त लाइनको शुल्क भारतले तिर्ने आधार तय भएको ऊर्जा मन्त्रालयका सह सचिव दिनेशकुमार घिमिरे बताएका छन् । बैठकमा हाल टनकपुरमा रहेको प्रसारणलाइनको क्षमता थप विस्तार गर्ने सहमति जुटेको छ । त्यसैगरी, कटैया कुसाहा र रक्सौल परवनीपुर प्रशारणलाइनको क्षमतालाई दोब्बर पार्ने विषयमा समेत अध्ययन गर्न त्यससम्बन्धी प्राविधिक समितिले तीन महिनाभित्र अध्ययन प्रतिवेदन दिने बताइएको छ । नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौतामा व्यवस्था अनुसार हरेक छ महिनामा बस्नुपर्ने उक्त समितिको बैठकले थप प्रसारणलाइन विस्तारलाई समेत उच्च प्राथमिकतामा राखेर छलफल गरेको बताइएको छ ।

बैठकले ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइन १३२ केभीमा चार्ज गरेर भारतबाट १४५ मेगावाटसम्म बिजुली  आयातलाई निरन्तरता दिई आउँदो मे महिनामा यसलाई २२० मा चार्ज गर्ने सहमति भएको छ । आगामी सन् २०१९ को अगस्टमा ४ सय केभीमा चार्ज गर्ने सहमति भएको घिमिरेले जानकारी दिए । बैठकमा प्रसारणलाइनको क्षमता अनुसार विद्युत आपूर्ति बढाउने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा भारतको अनुदान सहयोगमा निर्माण भएको कटैया–कुसाह १३२ केभी र रक्सौल–परवानीपुर १३२ केभी क्षमताका दुवै प्रसारणलाइनबाट थप १ सय मेगावाटसम्म बिजुली आयात गर्ने विषयमा पनि सहमति भएको छ । कटैया–कुसाहबाट ५० र रक्सौल–परवानीपुरबाट ५० मेगावाट आयातको लक्ष्य रहेको छ ।

सचिवस्तरीय बैठकमा भारतीय लगानीमा बन्ने भनिएका ९ सय मेगावट क्षमताको माथिल्लो कर्णाली र ९ सय मेगाावटकै अरुण तेस्रो आयोजनाको प्रगतिको विषयमा छलफल भएको थियो । भविष्यमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्ने प्रणाली निर्माणका विषयमा छलफल भएका घिमिरेले जानकारी दिए । 

त्यसै गरी, जेएससी बैठकले दुई अन्य क्रस सीमा पार गर्ने लाइनहरू - डुबुबी-पूर्णिया र लामकी-बरेलीमा अध्ययन सञ्चालन गर्न पनि सहमत भएको छ। यो तीन महिना भित्र संयुक्त टेक्नोलोजी टोली द्वारा अध्ययन गरिनेछ।

बैठकका क्रममा जेएससी अधिकारीहरूले अध्ययन गर्न पनि सहमत भए र धनगढी, नेपालगञ्ज र भैरहवामा अवस्थित १३२ १३२ केवीए र ३३ केवीए प्रसारण लाइनहरू अपग्रेड गर्थे।

संयुक्त संचालन समितिको अर्को बैठक सेप्टेम्बर वा अक्टोबरको लागि तय गरिएको छ।

 

 

 

ट्याग -  नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक , बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइन

SUGGESTED ARTICLES

img
व्यवसायी महासंघको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ


by RSS | Aug 15

img