mobile

प्रधानमन्त्री मोदी नेपाल आउँदै, भव्य स्वागतको तयारी  

By Anu Rana on Apr 21,2018 - 16:53

सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए । पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण भने त्यस्तो हुन सकेन । संविधान जारी भएपछि भारतले एकतर्फी रूपमा नाकाबन्दी लगाएपछि नेपालमा मोदीको लोकप्रियता घटेन मात्र, भारतविरोधी भावनासमेत बढ्यो ।

 बिस्तारै त्यो चाप कम हुँदै सम्बन्ध पुन: सुमधुर हुन लागेको समयमा मोदी पुन: नेपाल आउन लागेका हुन् । छिमेकसँगको सम्बन्धमा जोड दिने बताउँदै आएका मोदीले आफ्नो आन्तरिक लोकप्रियताका लागि पनि नेपाल सम्बन्धलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने अवस्था रहेकाले सुधारका पक्षमा भारतीयहरू देखिएको अधिकारीहरू बताउँछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैसाख २८ (मे ११) मा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार प्रधानमन्त्री मोदी काठमाडौं र जनकपुरको भ्रमण गर्ने तयारीमा छन् । यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

गएको चैत २३ देखि २५ सम्म भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । मोदीको यसपटकको नेपाल भ्रमण उनी सत्तामा आएदेखि तेस्रो हुनेछ । 

 भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । परराष्ट्रका अधिकारीहरु भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् । स्रोतका अनुसार, मे २० देखि २५ वीचमा भ्रमणको मिति तय हुन सक्छ । मोदीको समयको चापलाई हेरेर मिति तय गर्ने गृहकार्य भइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा सार्क बैठकका बेला नेपाल आएका थिए । त्यसबेला उनले धार्मिक महत्वको जनकपुरधामस्थित रामजानकी मन्दिरको दर्शन गर्ने बताइएको थियो । तर, सो भ्रमण स्थगन भएको थियो ।

यसपालि नेपाल आएका बेला मोदीले ठूलो रकमको सहयोग घोषणा गर्ने सम्भावना रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यसका साथै अरुण तेस्रो जलविद्युत आयोजनाको उदघाटन गर्न समेत भारतीय प्रधानमन्त्री मोदीले ईच्छा प्रकट गर्दै आएका छन् ।

ट्याग -  प्रधानमन्त्री मोदी नेपाल आउँदै , भव्य स्वागतको तयारी   , भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते

SUGGESTED ARTICLES

img
रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । “एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ


by RSS | Aug 15

img