mobile

११७ वर्षको उमेरमा विश्वको सवै भन्दा जेष्ठ नागरिकको निधन   

By Anu Rana on Apr 22,2018 - 16:05

विश्वभरीका जिवित मानिसहरु मध्ये सवैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिबार  शनिबार बेलुका झण्डै ८ बजेतिर अस्पतालमा निधन भएको  हो निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई गएको जनावरीदेखि अस्पतालमा भर्ना गरिएको थियो ।  स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । 

उनको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बनेकी थिइन् । 

‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सबैभन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सवैभन्दा जेष्ठ नागरिक बनेका थिए ।  ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक भएका छन् । झण्डै ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवै भन्दा जेष्ठ नागरिक बनेका हुन्  । 

ट्याग -  जेष्ठ सदस्य जापानी नागरिक , ११७ बर्षको उमेरमा शनिबार निधन

SUGGESTED ARTICLES

img
मोबाइल फोन सेवा अवरुद्ध

विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म


by RSS | May 25

img