mobile

बाल यौन दुराचार गर्ने क्यानेडियन पक्राउ

By Anu Rana on Apr 24,2018 - 09:53

हाम्रो देश गरीबिले बाचेको समाज्, को फाइदा उथाउदै छन । बिदेशी नगरिक हरुले, गरीब तथा विपन्न परिवारका बालबालिकालाई पढाइ दिने प्रलोभन देखाउँदै लामो समयदेखि बाल यौन दुराचार गर्दै आएको आरोपमा ६० वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई पक्राउ गरेको छ ।  

गरिब बालकलाई खाना र कपडा सहयोग गरेर उनले उनीहरूको यौनशोषण गरेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पुर्वआधिकारीलाई काभ्रे पलाञ्चोकबाट पक्राउ गरेको छ ।

‘एकजना स्थानीयको नाममा त्यो घर छ, लामो समयदेखि त्यही घरमा बस्दा रहेछन् । २ जना बालकलाई पढाई दिने प्रलोभन देखाएर यौन शोषण गरेको अवस्थामा भेटिए,’ ब्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले भने, ‘लामो अनुसन्धानपछि यो पत्ता लागेको हो ।’

उक्त घर स्थानीय चिलकाजी महर्जनको नाम रहेको प्रहरीले जनाएको छ । दुई वर्षदेखि पटकपटक नेपाल आउने गरेको उनले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली विपन्न तथा गरीब वर्गका बालबालिका पढाइ दिने गरेको खुलेको छ ।

शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्रमा काम गर्ने आडमा उनले बाल यौन दुराचार गरेको कार्कीले बताए । २ जना बालकलाई उद्धार गरे पनि अरु पनि पीडित हुनसक्ने प्रहरीको अनुमान छ ।

स्ट्रिट किड्स इन्टरनेशनलका संस्थापकसमेत रहेका उनी २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार रहेको र त्यसपछि २०१० देखि ०१४ सम्म यूएन हाबिटाटको अफगानिस्तान प्रतिनिधि रहेका उनले अहिले ‘हिमालयन कम्युनिटी फाउण्डेसन’ चलाएको प्रहरीले जनाएको छ ।

उनले उनी बसेको घरमा नै दुई जना बालकहरुसँग यौन दुराचार समेत गर्ने गरेको  प्रहरीको अनुसन्धानमा खुलेको छ ।

५ जना भन्दा बढी बालकलाई यौन दुराचार गरेको प्रहरी अनुसन्धान खुलेको छ । डालगिल्सले द्वन्द्व पीडित, बाल मजदूर तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पाएका ३ वटा मानार्थ विद्यावारिधिसमेत प्राप्त गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

डालगिल्सले लाइबेरियामा विश्व स्वास्थ्य संगठनमा वरिष्ठ सहरी विकास सम्बन्धी सल्लाहकारको रुपमा काम गरेको, अफगानिस्तानमा यूएन हेविटयटमा राष्ट्रिय प्रतिनिधिमा रुपमा काम गरेको समेत अनुन्धानमा देखिएको छ । बालयौन दुराचारमा ७ वटा मुद्दा दायर गरेको भन्दै उनले ६ जना विदेशी र एकजना नेपाली गरी ७ जनालाई पक्राउ गरेको बताए ।

 मुलुकी ऐन अनुसार बाल यौन दुराचार अपराध प्रमाणित भए बढीमा १५ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव क्षतिपूर्तिको व्यवस्था रहेको छ ।

ट्याग -  बाल यौन दुराचार , क्यानडियन नागरिक पिटर जोन डालगिल्स

SUGGESTED ARTICLES

img
घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।


by RSS | Feb 17

img