mobile

वर्षाले लाखौँ रुपैयाँ बराबरको काँचो इँटा नष्ट

By RSS on Apr 24,2018 - 13:46

केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पुर्याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ । 

म्याग्दे गाउँपालिकामा रहेको पोख्रेली र माछापुच्छे ब्रिक फ्याक्ट्रीमा उत्पादन गरिएको ठूलो परिमाणको काँचो इँटामा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको हो । उत्पादन गरी सुकाउन राखिएको रु चार लाखको इँटामा वर्षाले क्षति पुर्याएको पोख्रेली इँटा उद्योगका सञ्चालक केदारनाथ घिमिरेले बताउनुभयो । 

९० प्रतिशत काँचो इँटामा असिना पानीले क्षति पुर्याएको हो, घिमिरेले भन्नुभयो । माछापुच्छे ब्रिक फ्याक्ट्रीका प्रोप्राइटर हर्कबहादुर गुरुङले पनि वर्षाले लाखौँ रुपैयाँ बराबरको इँटामा नोक्सानी पुर्याएको बताउनुभयो । उक्त इँटा उद्योगमा ११० जना मजदूरले रोजगारी गर्दै आएको सुभरपाइजर कृष्णहरि काफ्लेले बताउनुभयो । 

वर्षाका कारण तनहुँ जिल्लाका ब्यास नगरपालिका र अन्य गाउँपालिकाभित्र उत्पादित इँटामा समेत वर्षाले ठूलो क्षति पुर्याएको बताइएको छ ।रासस

ट्याग -  हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पुर्याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी

SUGGESTED ARTICLES

img
मोबाइल फोन सेवा अवरुद्ध

विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म


by RSS | May 25

img