mobile

उग्रतारा मन्दिरमा वेद विद्याश्रम सञ्चालन

By RSS on Apr 24,2018 - 14:15

डडेल्धुरा जिल्लामै पहिलो पटक हिन्दू धर्मको जगेर्ना गनेृ उद्देश्यले उग्रतारा वेद विद्याश्रम खोलिएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ स्थित सुदूरपश्चिमकै महाशक्ति पीठका रुपमा रहेको प्रसिद्ध उग्रतारा भगवती मन्दिर परिसरमा रहेको धर्मशालामा वेद विद्याश्रम खोलिएको हो । 
सरकारको भर्ना अभियान सँगसँगै नयाँ शैक्षिकसत्र २०७५ का लागि कक्षा ६ मा २० बालकलाई भर्ना गरिने उग्रतारा वेद विद्याश्रमले जनाएको छ । 
सामुदायिक विद्यालयका नेपाली, अंग्रेजी, गणित र सामाजिक पाठ्यपुस्तकसँगै अन्य चार वटा वेद, व्याकरण, संस्कृतिलगायत आठ वटा विषयमा अध्यापन गराइने उग्रतारा क्षेत्र विकास समिति तथा उग्रतारा वेद विद्याश्रमका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो । 

उग्रतारा मन्दिरकोे धर्मशालाका छ वटा कोठामध्ये दुईमा पठनपाठन गराइने र चार कोठामा आवासको व्यवस्था गरिने भएको छ । 

आश्रमका अध्यक्ष साँकीका अनुसार आन्तरिक व्यवस्थापनको समस्याका कारण यो वर्ष २० जनाको मात्रै कोटा राखिएकामा अहिलेसम्म १६ विद्यार्थी भर्ना भइसकेका छन् । हालसम्म डडेल्धुरा, बैतडी र डोटीबाट ब्राह्मण जातिका बालक भर्ना हुन आएका छन् । 

पहिलो वर्षमा शास्त्री पास गरेका एकजना स्थानीय र बाँकी विषयगत शिक्षक नियुक्त गरिने सरकारी विद्यालय समान मान्यता प्राप्त सो विद्यालयमा वैशाख २० गतेदेखि नियमित कक्षा सञ्चालन हुनुअघि उद्घाटन गरिने अध्यक्ष साँकीको भनाइ छ । रासस

ट्याग -  उग्रतारा वेद विद्याश्रम खोलिए

SUGGESTED ARTICLES

img
जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।


by RSS | Jan 18

img