mobile

राजा वीरेन्द्रको नाममा उत्पादित ‘वीरेन्द्र वियर’ प्रति राप्रविसंको आपत्ति

By Anu Rana on Apr 29,2018 - 09:41

नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नामलाई ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ । ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेचिरहेको उक्त कम्पनीको बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि छ ।

Turbinenbräu नामको स्विजरल्याण्डका कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्डहर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १ .८५ स्विस फ्र्याङ्क हो। र्इ .सं . १९९६ मा स्थापना भएकाे याे कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्राबजार लिएकाे छ ।

तर अर्का https://www.intercomestibles.ch नामक वेबसार्इटका अनुसारयो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो। र यो बियरको मुल्य CHF ४४ .४० पर्छ । यसको नेपाली भनेको ४ हजार ८ सय २७ रूपैंया हो ।

राजा वीरेन्द्रको नाम र फोटोसहित राखेर ‘वीरेन्द्र वियर’ उत्पादन गरी बिक्री वितरण गरेको समाचार प्रकाशन भएपछि उक्त कम्पनी माथि राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले आपत्ति जनाएको छ ।

अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार जारी विज्ञप्तिमा 'नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलात्कार हो' भनिएको छ। 'यदि यो गलत कार्य समयमा नै बन्द नभए राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं'  विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा गल्ती सच्चाउन चेतावनी समेत दिएको छ ।

'गलत कार्य समयमै बन्द गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं' विज्ञप्तिमा  उल्लेख छ । 

ट्याग -  गलत कार्य समयमै बन्द गर्न नेपाल सरकार , राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले आपत्ति जनाएको छ ।

LATEST NEWS

SUGGESTED ARTICLES

img