mobile

शौचालय का लागि घण्टौँ लाइनमा   

By Anu Rana on May 23,2018 - 08:34

सुन्दा पनि अचम्मै लाग्न सक्छ । जुम्लाका नागरिकको हरेक बिहानी शौचालय कहाँ गर्ने भन्ने चिन्ताबाट सुरु हुने गरेको छ ।  खुला दिशामुक्ता जिल्ला घोषणा गरेसँगै शाैचालयकै लागि दैनिक घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ उनीहरुको । नेपालको ३५ औँ जिल्लाका रुपमा जुम्लालाई खुल्ला दिशामुक्त जिल्ला भनेर घोषण गरिसकिएको छ ।  

सन् २०१७ सम्ममा देशभरिका सबै घरधुरीमा ‘एक घर, एक चर्पी’ बनाउने सरकारको अभियान तोकेको मितिमा सफल हुन सकेन । सरकारी आँकडाअनुसार देशमा ५३ लाख ७३ हजार ८ सय घरधुरी छन् । तर ‘एक घर, एक चर्पी’ अभियानमा भने सरकारले ठूलो रकम खर्च गरेको छ । शौचालय निर्माणको लागि मात्र सरकारले ५ अर्ब बराबरको खर्च गरिसकेको छ । तर पनि आज समम त्यस्ता कयै जिल्लाहरुका बस्ती छन , कि जहाँ शौचालय बनेकै छैन ।

ज्ञानबहादुर जस्तै जिल्ला सदरमुकामस्थित कालेखोली टोलका ६० घरपरिवारले धेरै बर्षौं देखि एउटै शौचालय प्रयोग गर्दै आएका छन् । सबै टोलबासीले एउटै शौचालय प्रयोग गर्दा घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता रहेको चन्द्रलाल सुनारले बताए । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानीयले एउटै सार्वजनिक शौचालय प्रयोग गर्दै आएपछि यस्तो समस्या भोग्नु परेको हो । साँघुरो बस्तीमा गुजुक्कै परेर घरैघर जोडिएको कालेखोली टोलका दलित समुदायसँग शौचालय बनाउने जग्गा नभएपछि नगरपालिकाले बनाइदिएको सार्वजनिक शौचालय प्रयोग गर्न उनीहरु बाध्य भएका हुन् ।

साँगुरो बस्तिमा गुजुक्कै परेर घरैघर जोडिएको कालेखोली टोलका दलित समुदायसँग शौचालय बनाउने जग्गानै नभएपछि नगरपालिकाले बनाई दिएको सार्वजनिक सौचालय प्रयोग गर्न उनिहरु बाध्य भएका हुन् ।

थानिय हजमा वि ।क ले भनिन्, ‘शौचालय निर्माणका लागि हामीसँग जग्गा छैन । सार्वजनिक शाैचालयमा हुल गरेर सौच गर्न लाज लाग्छ, तर बाध्यता छ । आफ्नै घरमा शौचालय बनाएर आरामले सौच गर्ने कसलाई चाहाना हुन्न ।’

 उनले थपिन, ‘समुदायमा शौचालय नभएको थाहा पाउँदा पाउँदै जिल्लालाई किन खुला दिसा, पिसा मुक्त घोषणा गरियो, हाम्रो समुदायको यो समस्या कसले सुन्छ ।’

आधुनिक शौचालय निर्माण हुँदै

कालेखोली टोलका दलित समुदायले भोग्दै आएको सौच गर्ने समस्या समाधानका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा वडापालिकाले निर्माण गरिरहेको सुविधा सम्पन्न आधुनिक शौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

वडा अध्यक्ष अर्जुनसिंह कठायतका अनुसार १० लाख लागतमा निर्माण हुने आधुनिक शौचालयमा सोलार, विधुत्, चिसोतातो नुवाउने पानी सहित आवाश्यक सामाग्रीका साथ महिला, पुरुष छुट्टा छुट्टै अपांग र बालमैत्री शौचालय निर्माण हुने भएको छ ।

७५ प्रतिशत काम सम्पन्न भएकोले वैशाख मसान्तसम्म शौचालय निर्माण गरी समुदायलाई हस्तान्त्रण गरिने उनको भनाइ छ । दुईतलामा निर्माणाधीन शौचालय माथिल्लो ६ कोठा सौच गर्नका लागि र तल्लो तलामा ब्यापारिक प्रयोजनका लागि दुईवटा सटर बनाइएका छन् । टोलभरीका स्थानीयले प्रयोग गर्दे आएको सार्वजनिक शौचालय पुनः निर्माण भैरहेकोले तत्कालका लागि समस्या भइरहेको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताए ।

ट्याग -  कालेखोली टोलका दलित समुदाय , शौचालय का लागि घण्टौँ लाइनमा   

LATEST NEWS

SUGGESTED ARTICLES

img