mobile

मोनोरेल निर्माणका लागि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर   

By Anu Rana on May 17,2018 - 19:16

काठमाडौ मोनोरेल कम्पनी (के ।एम ।सी) र इन्भेष्टमेन्ट बोर्ड नेपाल (आईबीएन) ले बुधबार काठमाडौ मोनोरेल प्रोजेक्टको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) को सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गर्न तयारी गरेको छ।

 उक्त सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गर्न केहि ढिलो भएको थियो किनभने हस्ताक्षरमा मस्यौदा सम्झौतामा समावेश भएका केही प्रावधानहरूको सम्बन्धमा फरक फरक किसिम्का थियो, जहाँ उल्लेख गरिएको थियो काठमाडौ मोनोरेल कम्पनी उक्त परियोजनाको डीपीआर मा भन्दा १०० मिलियन रुपैयाँ जम्मा गर्नु पर्ने थियो । तर काठमाडौ मोनोरेल कम्पनीले सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर सकेपछी मात्र जम्मा गर्ने भ्एको थियो ।

इन्भेष्टमेन्ट बोर्ड नेपालको अनुसार सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर हुनु अगडिनै रकम जम्मा गर्नुपर्ने थियो ।उक्त विवादको कारण को कारण ले गर्द त्यो दिन हस्ताक्षर हुनसकेन तर अध्यक्ष डीएन थापाले भने यो भोली सम्झौता ज्ञापन पत्रमा   हस्ताक्षर हुने छ भने ।

थापाको अनुसार डीपीआर एक वर्षमा पूरा हुनेछ। "यो आवश्यक  कागजजात छानबिन हुन गरेर तयार गर्न छ महिना लाग्ने छ,  हामी मोनोइरेल परियोजनाको निर्माण सुरु गर्ने योजना बनाउँछौं।  यदि सबै योजना अनुसार नै भयो भने, निर्माण कार्य १८ महिनामा सुरु हुनेछ। "

मिडियामा जानकारी गराउदै  थपाले भने, "अब हामी यो भन्न सक्दछौं कि मोनोरेलको विकास  समग्रमा लिइनेछ। नेपाल सरकारले हाम्रो प्रस्ताव अनुमोदन गर्नुपर्छ, हामी प्रगतिशील नेपालको परिवर्तनमा योगदान गर्दछौं, विभिन्न अवसरहरू र मूल्य-थप  जीवन शैलीको सिर्जना गर्नेछौं। "

मलेसियाली र नेपालीको संयुक्त सो कम्पनीले २०१६ जुलाईमा सरकारलाई भार नपर्ने गरी डीपीआर गर्ने प्रस्ताव गरेको थियो । २४ पुस २०७३ मा बसेको लगानी बोर्डको २५ औ बैठकले काठमाडौ रेलमार्ग र मोनोरेल परियोजना प्रदान गर्नका लागि गरिनुपर्ने निम्न परिपूर्ति कोष (भायविलीटी ग्याप) र परियोजना विकासका लागि उपयुक्त तरिकाबारे विद्यमान सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति समेतलाई आधार मानी उपयुक्त सुझाव पेश गर्न आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरिएको थियो । 

बोर्डका अनुसार संयुक्त कम्पनीलाई एक वर्षभित्र रिङरोडभित्रको २८ किलोमिटर मोनोरेलको डीपीआर सम्पन्न गर्ने गरी दिन प्रस्ताव गरिएको छ । “सरकारलाई कुनै आर्थिक दायित्व र भार नपर्ने गरी डीपीआरका प्रस्ताव आएकोले प्रतिवेदनलाई सो संयुक्त कम्पनीलाई दिन सुझाव दिइएको छ,” बोर्डका परामर्शदाता आशिष गजुरेलले भने, “एक वर्षभित्र कम्पनीले मोनोरेलको सम्भावना, लागत र यसको प्रभावबारे विस्तृत रूपमा अध्ययन गर्नेछ ।” 

सम्भाव्यता अध्ययनमा मोनोरेलका लागि ८० अर्ब लागत पर्ने र मोनोरेल बनेपछि दैनिक एक लाख यात्रुले मोनोरेलमा यात्रा गर्न पाइने उल्लेख छ । अध्ययन प्रतिवेदनमा चार वर्षभित्र मोनोरेल निर्माण सम्पन्न गर्न सकिने उल्लेख छ । 

ट्याग -  ८० अर्ब लागत , दैनिक एक लाख यात्रुले मोनोरेलमा यात्रा गर्न पाइने ,

SUGGESTED ARTICLES

img
त्रिभुवन विमानस्थलमा रिफ्युलरको अभाव  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिफ्युलरको अभावले उडान प्रभावित हुन थालेको छ । पछिल्लो समय थपिदैं गएका जहाजको संख्याका कारण यो समस्या देखिएको विमानस्थलले जनाएको छ ।


by Anu Rana | May 25

img