mobile

नयाँ लघुवित्त संस्थालाई सञ्चालन अनुमति

By Anu Rana on May 17,2018 - 19:19

नेपाल राष्ट्र बैंकले केही नयाँ लघुवित्त संस्थालाई सञ्चालन अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकका अनुसार सातवटा नयाँ लघुवित्त संस्थाहरूले सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति पाएका छन् । ४२ वटा लघुवित्त संस्थाहरू रूपान्तरणको प्रक्रियामा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले २०७० सालमा गैरसरकारी संस्थाहरू (फिंगो) लाई लघुवित्त संस्थामा परिवर्तन गर्न निर्देशन दिएको थियो । यिनै ४२ वटा फिंगो लघुवित्तमा परिणत हुन लागेका हुन् ।  

नेपाल राष्ट्र बैंकले सुगम जिल्लामा नयाँ लघुवित्तीय संस्था खोल्न रोक लगाएको थियो। केन्द्रीय बैंकले निर्देशन जारी गर्दे संघीय संरचना तथा इ–म्यापिङ अध्ययन प्रतिवेदनलाई दृष्टिगत गरी लघुवित्त संस्थाको वित्तीय अवस्था, पहुँच, स्तरवृद्धि, मर्जर र प्राप्ति तथा सञ्चालन सम्बन्धि व्यवस्थाको अध्ययन गरी नीतिगत व्यवस्था गर्न आवश्यक भएको भन्दै तत्काल लघुवित्त खोल्नका लागि निवेदन नलिने निर्णय गरेको जनाएको थियो । 

लघुवित्तले गरिबलाई लगानी गर्ने नाममा आफैं धेरै नाफा कमाउन पल्किएको देखिएपछि राष्ट्र बैंकले लघुवित्तलाई एकपछि अर्को कडाइ गर्दै आएको छ। 'राष्ट्र बैंकले एकपछि अर्को गर्दै लघुवित्तलाई घोक्रेठ्याक लगाउँदै गएको छ,' एक लघुवित्त बैंकर्सले भने। पछिल्लो समय लघुवित्त विकास बैंकलार्ई बैंक लेख्न समेत प्रतिबन्ध लगाइएको छ।

 

गरिबसँग असाध्यै चर्को ब्याज असुलेको भन्दै राष्ट्र बैंकले लघुवित्तको ब्याजलाई स्प्रेडबाट नियन्त्रण गरेको छ। चालु आवको मौद्रिक नीतिमा लघुवित्तको स्प्रेडदर ७ प्रतिशतमा सीमित गरेको छ। यसैगरी, केन्द्रीय बैंकले लघुवित्त संस्था स्थापना तथा वित्तीय कारोबार गर्ने इजाजतपत्रका लागि आवेदन लिने कार्य पनि स्थगित गरेको छ। 

चालू आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्त संस्थाहरूको अनुमति रोकेको छ । तर, त्योभन्दा अगावै निवेदन परेका लघुवित्त संस्थाहरूले सञ्चालनको अनुमति पाउने राष्ट्र बैंकले जनाएको छ । हाल लाइसेन्स प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त संस्थाको संख्या ६० वटा छन् । यसअघि पनि मनोमानी ढंगले अनुमति दिँदा बैंक तथा वित्तीय संस्थाहरूको संख्या निकै बढी भएको थियो । जसका कारण वित्तीय क्षेत्रमा धेरै विकृति पनि भित्रिएका थिए । जसका कारण अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरूलाई मर्ज तथा एक्विजिसन गरी व्यवस्थापन गर्नु परेको छ ।

लघुवित्त संस्थाहरूलाई वित्तीय पहुँच, गरिबी न्यूनीकरण र सामाजिक उत्थानमा योगदान पु¥याउनका लागि स्थापना गरिएको हो । न्यून नाफामा समग्र मुलुकको गरिबी न्यूनीकरण गर्दै आर्थिक विकासमा टेवा पु¥याउन स्थापना भएका यी लघुवित्त संस्थाहरू पछिल्लो समय भने बढी नाफा कमाउने होडबाजीमा लागेका छन् । त्यसैले पछिल्लो समय राष्ट्र बैंकले लघुवित्त संस्थाहरूमाथि निगरानी बढाएको छ । बैंकिङ सेवा नपुगेका दुर्गम क्षेत्रमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले राष्ट्र बैंकले इम्यापिङको काम पनि गरिरहेको छ । यसले मुलुकभर वित्तीय पहुँचको अवस्था पत्ता लगाउन सहयोग गर्छ ।

ट्याग -  नेपाल राष्ट्र बैंक , नयाँ लघुवित्त संस्थाला

SUGGESTED ARTICLES

img
व्यवसायी महासंघको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ


by RSS | Aug 15

img