mobile

पत्रकार खनालको निधन

By RSS on May 17,2018 - 11:48

पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको उपचारकै क्रममा निधन भएको हो । 

नेपाल पत्रकार महासंघ चितवन शाखाका साधारण सदस्य र नेपाल प्रेस युनियन चितवनका केन्द्रीय पार्षद् खनालले भरतपुरको हाम्रो एफएम र कावासोतीको मध्यबिन्दु एफएममा समाचार शाखामा रहेर काम गर्नुभएको थियो । पछिल्लो समय राजनीतिक क्षेत्रमा क्रियाशील खनाल नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधि र नेपाल विद्यार्थी संघ चितवनको उपाध्यक्षका रुपमा काम गर्दै आउनुभएको थियो । 

खनालको आज देवघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ । खनालको निधनप्रति नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा र नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले दुःख प्रकट गर्नुभएको छ । 
––– 

ट्याग -  निधन , रुपेशचन्द्र खनाल ,

SUGGESTED ARTICLES

img
छ दर्जन घर पहिरोको जोखिममा

अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिनुभयो । करीब ४० मिटर माथिबाट झरेको पहिरो र तलबाट समेत बगेपछि छिमेकी दुई जनाको घरसमेत उच्च जोखिममा


by RSS | Aug 15

img