mobile

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

By RSS on May 17,2018 - 14:58

हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । 

नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार ५०० भाडा लिँदै आएको थियो । 

भाडा महँगो भएको गुनासो बढेपछि भाडादर घटाउन एयरलाइन्स कम्पनीलाई दबाब परेको हो । बागलुङ नगरपालिकाले भाडा समायोजनका लागि नागरिक उड्डयन प्राधिकरणसँग माग गर्दै आएको थियो । नगरपालिकाकै विशेष पहलमा बन्द भएको २६ वर्षपछि गत चैतबाट विमानस्थल सञ्चालनमा आएको हो । 

नेपाल वायु सेवा निगम र तारा एयरलाइन्सको विमानले हाल सातामा दुई पटक उडान भर्दै आएका छन् । ताराको विमानले आइतबार र नेपाल एयरलाइन्सको विमानले बिहिबार उडान भर्दैआएको छ । 

नेपाल एयरलाइन्सपछि तारा एयरलाइन्सले पनि भाडा घटाउने विश्वास लिइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । हाल ताराको भाडादर प्रतियात्रु रु ६ हजार ७०० कायम छ । विमानस्थल सञ्चालनमा आएपछि बलेवा–काठमाडौँ यात्रा जम्मा ४० मिनेटमा छोटिएको छ । विमानस्थलबाट अत्यावश्वक कामकाजी व्यक्ति र बिरामीले बढी लाभ लिएका छन् । 
––– 

ट्याग -  हवाई भाडा ,

SUGGESTED ARTICLES

img
अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा (जनकपुर–अयोध्या) अनिश्चितकालको लागि थन्कियो

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ । दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो


by RSS | May 17

img