mobile

तीन वर्षभित्र पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन 

By Anu Rana on May 23,2018 - 08:34

सरकारले रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रसुवा–पोखरा–लुम्बिनी रेलमार्ग यसै वर्षदेखि सुरु गरिने बताएकी छन् । सरकारले आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थ र तीन वर्षभित्र पोखरा विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ।

संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेची–महाकाली, काठमाडौं–वीरगंज र रसुवा–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्ग निर्माण कार्यलाई यसै वर्षदेखि सुरुवात गरिने, कोशी, सेती नदीमा जलमार्गको अवस्थाको बारेमा पनि अध्ययन गरि नीति तथा कार्यक्रममा समेटिने र हवाई उड्यन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन उच्चतम प्रविधिको प्रयोग गर्ने र त्रिभुवन विमानस्थलको आधुनिकीकरण र व्यवस्थित गरिने उल्लेख गर्नुभ्एको छ ।

 अबको एक वर्षभित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षभित्र पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने उल्लेख छ । निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिइँदै पाँच वर्षभित्र सक्ने गरी काम अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा समेटिएको को जानकारी दिनुभ्एको हो ।  

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा विमान स्थललाई निर्माण सम्पन्‍न गरी सञ्चालनमा ल्याउने पनि भनुभ्एको छ ।

हाल सो विमानस्थलको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ। आयोजना प्रमुख ओम शर्माकाअनुसार विमानस्थल निर्माण प्रक्रियाले गति लिएकाले आगामी एक वर्षभित्र सकिनेछ। यस्तै धावनमार्ग, टर्मिनल भवन, टावरलगायतको कामसमेत सम्पन्न हुने चरणमा पुगेको छ।

एसियाली विकास बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब रु सात अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिइएको छ।

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण सुरु गरेको चार वर्षभित्रमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारको प्रतिबद्धताअनुसार तोकिएको समयमा विमानस्थल निर्माण कार्य सम्पन्न गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत विशेष जोड दिएको बताएको छ। प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले निर्माणाधीन विमानस्थलको कामलाई तोकिएको समयमा पूरा गराउन प्राधिकरण लागिपरेको बताए। उनले भने, “राष्ट्रिय लक्ष्य पूरा गर्न र सरकारको सोचलाई पूरा गराउन प्राधिकरणले हदैसम्मको प्रयास गर्दछ।’

सरकारले पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ । गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने नीति लिएको सरकारले प्रचलित पर्यटकीय गन्तव्यको विकास र स्तरोन्नति गरी थप पर्यटकीय गन्तव्य पहिचान र विकास गर्ने कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखेको छ।

 

ट्याग -  एक वर्षभित्र गौतमबुद्ध विमानस्थ र तीन वर्षभित्र पोखरा विमानस्थलको निर्माण सम्पन्न ,

SUGGESTED ARTICLES

img
मौद्रिक नीतिका लागि बैंकर्सको सुझाव 

नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सुझाब संकलनका लागि मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा बैंकरले मूल्य वृद्धिमा थोरै चाप बढे पनि विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।


by Anu Rana | Jun 16

img